Friday, May 24, 2024
21.1 C
Kathmandu

विपद्को जोखिम हस्तान्तरण के हो र कसरी गर्ने त ?

माधवराज पोखरेल, क्रियटिभ खबर, ७ साउन २०७८, काठमाडौं । नेपालको कमजोर भौगर्भिक तथा भू–धरातलीय अवस्था, मौसमी विषमता, जलवायु परिवर्तन, बढ्दो अव्यवस्थित शहरीकरण, पूर्वाधार विकास एवम् जोखिम असंवेदनशील विकास निर्माण कार्य तथा विपद् प्रतिको सचेतनाको कमी लगायतका कारण उत्पन्न विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्को संवेदनशिलता उच्च रहेको छ ।
यस्तो अवस्थामा बिमा गरेर पनि विपद्को जोखिम हस्तान्तरण गर्न सकिन्छ । जोखिम हस्तान्तरण भनेको कुनै एउटा व्यक्ति वा संस्था वा कम्पनीसँग निहित जोखिमलाई अर्को व्यक्ति वा कम्पनीलाई बाड्ने वा हस्तान्तरण गर्ने कार्यलाई जनाउछ । यस प्रकृयामा कुनै एउटा व्यक्तिले आफूसँग भएको सम्पत्ति वा आफ्नो दायित्वमा रहेको जोखिम अर्को व्यक्ति वा कम्पनीलाई हस्तान्तरण्का लागि करारनामा लिखत गर्छ ।
र अर्को व्यक्ति वा कम्पनीले उसँग भएको जोखिम बहन गरिदिए वापत केही शुल्क लिन्छ र उसलाई क्षति भएको अवस्थामा क्षतिपूर्ति बापतको शर्त बमोजिमको रकम भुक्तानी दिन्छ । यस प्रकृयालाई बीमा कम्पनीहरूले बीमालेखको माध्यमबाट विभिन्न प्रकारका जोखिम बहन गरिदिने व्यवस्था गरेका छन् । यसै प्रकृयालाई जोखिम हस्तान्तरण प्रकृया भनिन्छ ।
जोखिम व्यवस्थापनका उपायहरू मध्ये जोखिम हस्तान्तरण गर्ने विधि सबै भन्दा उत्तम र सुरक्षित विधि हो । यो विधि वास्तविक जोखिम न्यूनीकरण विधिको रूपमा विभिन्न पेशा व्यवसाय गर्ने व्यक्ति वा संस्था वा कम्पनीहरूले अपनाउने जोखिम हस्तान्तरणको प्रकृया हो । उदाहरणका लागि कुनै एउटा व्यक्तिले एउटा कार खरिद गरीसकेपछि उसले कारको प्रयोग गर्दा हुने जोखिम अर्को पक्षलाई हस्तान्तरणका लागि बीमा कम्पनीसँग बीमा पोलिसी खरिद गर्छ भने उसको कार दुर्घटना वा अन्य कारणबाट उत्पन्न हुने क्षति बापतको रकम बीमा कम्पनीले कार धनी व्यक्तिलाई उपलब्ध गराउछ ।
साधारणताया नेपालको शहरी वा ग्रामीण क्षेत्रमा हुन सक्ने विभिन्न प्रकोपबाट सृर्जित विपद्को जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सकिन्छ ।
 प्रकोप (बाढी, पहिरो, खडेरी, भूकम्प, शीतलहर, सुख्खा पहिरो, चट्याङ हुरीबतास आदिका कारणबाट हुने क्षति आदि)
 दुर्घटनाबाट हुने मृत्यु, अंगभंग,
 अग्नि (आगलागी), चोरी तथा अन्य कारणबाट सम्पत्तिको क्षति
 पालेको चौपाया, कुखुरा आदिको क्षति
 बालीनालीमा हुने क्षति
 मानव स्वास्थ्यमा आईपर्ने गम्भिर रोग सम्बन्धी जोखिम
 मानवीय र प्रकोपबाट हुने दुरगामी क्षति आदि


धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here