समुहमा एकजट भएर काम गर्न सके धेरै फाइदा लिन सकिने रहेछ भन्ने उदाहरण बनेको छ पोखराको संयुत्त महिला समुह । महिलाहरु समुहमा आबद्ध भएर सुरु गरेको यो डल्लो साबुन बनाउने उधोगले उहाहरुलाई एकजुट मात्र बनाएको छैन, आत्मनिर्भर र सफल उद्यमी बनाउन पनि सहयोग पु¥याएको छ । पोखराकै माया बिकले पनि समुहको सहयोमा बख्रापालन गरी फाइदा लिन सफल हुनुभएको छ । महिला समुहमा बसेर काम गर्दा आयआर्जन मात्रै हाइन नेतृत्व गर्ने क्षमता संगै अवसर समेत बढ्दो रहेछ भन्ने उदाहरण बन्नु भएकोछ पहिले महिला समुह बाट अहिले अन्नपूण गाउपािकाकी उपाध्यक्ष सगुनि गुरुङ्ग ।
यता रुपन्देही, बुटवलको नागमन्दिर आमा समुहकाका महिलाहरुले पनि समुहमा आबद्ध भएर आयआर्जनका धेरै काम गर्नुभएको छ । ह्वाइरो कमिसनको सहयोग र सामुदायिक उत्थानशिल कोषसंगको सहकार्यमा महिला उद्यमीहरुले सुरु गरेको डल्लो साबुन व्यावसाय होस वा बाख्रा–कुखुरा पालन या त आयआर्जनका अन्य ब्यावसायले महिला उद्यमसिलता संगै उत्थानशील समुदायको निर्माण गर्न सहयोग पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here