Friday, May 24, 2024
21.1 C
Kathmandu

विपद् खोज तथा उद्धार तालिम

क्रियटिभ खबर, २० साउन २०७८, काठमाडौं । विपद्का समयमा कसरी घाइतेको खोजी गर्ने र कसरी उद्धार गर्ने भन्ने सुरक्षा विधिका बिषयमा ललितपुर महानगरपालिकाको वडा नं. १६ र १९ मा तालिम भएको छ ।
विशेष गरी खाना पकाउने ग्यास, तेल तथा अन्य ज्वलनशिल पदार्थका कारण घरमा आगलागी नहोस भनेर कस्तो सावधानी अपनाउने र आगलागी भए कसरी नियन्त्रण गर्ने जस्ता विषयमा कार्यक्रम सम्पन्न भएको थियो ।
फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल, युएनडीपी नेपाल र ललितपुर महानगरपालिको समन्वय तथा सहकार्य र युरोपियन युनियनको आथिक सहयोगमा संचालन हँुदै गरेको “बहु प्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि” कार्यक्रम अन्तर्गत भएको यो सुरक्षा तालिम नेपाल आर्मीको प्राविधिक सहयोगमा भएको हो ।
तालिममा विपद्मा घाइतेहरूलाई उद्धार गरी प्राथमिक उपचार गर्ने र गम्भीर चोट लागे छिटो भन्दा छिटो अस्पतालमा पठाउनु पर्ने कुरामा जोड दिइएको छ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here