Friday, May 24, 2024
21.1 C
Kathmandu

विपद् व्यवस्थापन चक्र (Disaster Management Cycle)

क्रियटिभ खबर, २५ फाल्गुण २०७८, काठमाण्डौं। विपद् व्यवस्थापन एउटा नियमित प्रक्रिया हो । विपद् पूर्व नै गरिने पूर्वतयारी र न्यूनीकरणका कार्यले विपद्का समयमा हुने क्षति कम गर्न सहयोग गर्छ । यसैगरी, विपद्का समयमा गरिने क्रियाकलापहरुमा उद्धार र राहत पर्दछन् । त्यसैले, खोज तथा उद्धार जस्ता तालिमले विपद्का समयमा कसरी प्रतिकार्य गर्ने भन्ने बारे जानकारी दिन्छ र पीडितलाई राहत प्रदान गर्न मद्धत पुर्‍याउंछ । यसका साथै, विपद् पश्चात पुर्नस्थापना र पुनर्निर्माणका कार्यहरु पर्दछन् । विपद्का कारण भएका क्षति र राहत उपलब्ध भएपछी भौतिक संरचनाको पुर्नस्थापना र पुनर्निर्माण कार्यहरु यस अन्तर्गत पर्दछन् । 

१. न्यूनीकरण (Mitigation) : सम्भावित प्रकोप तथा जोखिमका कारण हुन सक्ने विपद्का प्रतिकुल प्रभाव वा क्षति कम गर्नका लागि गरिने काम पर्दछन् । यस अन्तर्गत जोखिम क्षेत्रको पहिचान, पूर्वचेतावनी, बाढी, पहिरो वा भूकम्पको असर धान्न सक्ने घर, गोठहरु बनाउने र बाढी, पहिरोको जोखिम कम गर्न रुख विरुवा रोप्ने, तटबन्ध लगाउने आदि जस्ता कार्यहरु पर्दछन् ।

२. पूर्वतयारी (Preparedness) : प्रकोपका संभावनालाई ध्यानमा राखेर त्यस्तो प्रकोपको क्षतिलाई न्यून गर्न पूर्वतयारी गरिन्छ । सम्भावित विपद्को सामना गर्न क–कस्ले के–के गर्ने भनेर पहिले नै तय गर्ने कार्य हो । यस अन्तर्गत, विपद् सम्बन्धी जनचेतना अभिवृद्धि, पूर्वसूचना प्रणालीको विकास, उद्धार सम्बन्धी तालिम, सुरक्षित स्थानको पहिचान, स्रोत साधनको पूर्व प्रवन्ध, अत्यावश्यक सामग्रीहरु सहित झटपट झोलाको बन्दोबस्त, क्षमता विकास र योजना निर्माणका कार्य पर्दछन् ।

३. प्रतिकार्य (Response) : यस अन्र्तगत खोज तथा उद्धार र आपत्कालीन राहत सम्बन्धित कार्यहरु पर्दछन् । जुन प्रकोप हुन साथ क्षति न्यून गर्न विभिन्न निकायबाट गरिने प्रयास, खोज, उद्धार, र आपतकालीन राहतको व्यस्था, जीवन निर्वाहका लागि खर्च, लत्ताकपडा, आकस्मिक स्वास्थ्योपचार, आधारभूत वस्तु तथा सेवा प्रदान गर्ने कार्यहरु पर्दछन् ।

४. पूनर्वाहली (Recovery) : पूनर्वाहली अन्तर्गत पुर्नस्थापना र पुनर्निर्माणका कार्यहरु पर्दछन् । पुर्नस्थापना अन्तर्गत विपद् पश्चात् समुदायको अवस्थालाई पूर्वाअवस्थामा ल्याउन गरिने कार्य र प्रभावितहरुलाई उचित सुरक्षित बसोबासको व्यवस्था मिलाउने कार्य पर्दछन् भने पुनर्निर्माणमा विपद् पश्चात क्षति भएका विभिन्न प्राकृतिक सम्पदा, भौतीक पूर्वाधार लगायतका जरुरी सेवा सुविधा फेरी बनाउने काम पर्दछन् ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here