Friday, May 24, 2024
21.1 C
Kathmandu

जलवायु परिवर्तन विश्वकै लागि चुनौती बनेको छ।

क्रियटिभ खबर, २३ फाल्गुण २०७८, काठमाण्डौं। जलवायु परिवर्तन वातावरणमा मानवका अवान्छित गतिविधिका कारणले सिर्जित समस्या हो । जलवायु परिवर्तनले तापमान र मौसमको ढाँचामा हुने दीर्घकालीन परिवर्तनलाई जनाउँछ। जलवायु परिवर्तन मुख्यतः प्राकृतिक र मानवीय क्रियाकलापको कारणले हुन्छ । वायुमण्डल, हावापानीको समयचक्रसँगै हुने परिवर्तनलाई प्राकृतिक भन्न सकिन्छ तर हरितगृह ग्यास वृद्धि हुनु मानवीय क्रियाकलापको उपज हो ।

जलवायु परिवर्तन विश्वकै लागि चुनौती बनेको छ। जलवायु परिवर्तनका असरलाई विगत तीन दशकको औसत तापक्रम र वर्षामा वृद्धि तथा अत्यधिक मौसमी फेर बदलका रुपमा देख्न सकिन्छ । यसका नकारात्मक असरहरुका कारण विशेषगरी अति कम विकसीत तथा कमजोर आर्थिक र भौगोलिक अवस्था भएका मुलुकहरु मारमा परेका छन् । जलवाष्प, कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, क्लोरोफ्लोरो कार्बन आदि ग्यासलाई हरितगृह ग्यास भनिन्छ । वायुमण्डलमा यस्ता ग्यासले पृथ्वीबाट परावर्तन हुने विकिरण (अल्ट्राभ्वाइलेट रे) सोसेर फेरि पृथ्वीमै फर्काउँछन् । फलस्वरूप पृथ्वीको तापक्रम बढ्न जान्छ । यी ग्यासको मात्रा बढ्दै जाँदा पृथ्वीको तापक्रम पनि बढ्दै जान्छ यही प्रभावलाई हरितगृह प्रभाव भनिन्छ । विश्वको हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगन्य भूमिका भएपनि जलवायु परिवर्तनको प्रतिकुल असरहरुको उच्च जोखिम रहेका राष्ट्रहरु मध्यमा पर्दछ ।

जलवायु परिवर्तनले विश्वव्यापी पारिस्थिकिय प्रणालीलाई रूपान्तरण गर्दा, यसले हामी बस्ने ठाउँहरूदेखि लिएर हामीले पिउने पानीसम्म, हामीले सास फेर्ने हावासम्म सबै कुरालाई असर गर्छ । साथै, यसले असर पार्ने प्रमुख तथा महत्वपूर्ण क्षेत्रहरू मध्ये स्वास्थ्य पनि एक हो। त्यसैले जलवायु परिवर्तनको नकारात्मक असरहरू न्यूनीकरणका लागि जलवायु समानुकूलन स्वास्थ्य प्रणालीको विकास गर्नु आजको अपरिहार्यता हो, जसका लागि स्वच्छ हावा, सफा पानी, पर्याप्त पौष्टिक आहार र वातानूकुलित भवन तथा अन्य संरचना र वासस्थानको व्यवस्था, योजनाबद्ध प्रदूषण रहित सहर आदि जस्ता पूर्वाधारहरूमा पनि व्यापक सुधार ल्याउन आवश्यक छ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here