Friday, May 24, 2024
21.1 C
Kathmandu

जल्पा सामुदायिक लघुवित्तको IPO खल्यो


क्रियटिभ खबर, २१ माघ २०७८, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले IPO जारी गरेको छ। IPO भर्ने म्याद आज मिति २०७८ माघ २१ गते देखि छिटोमा माघ २५ गतेसम्म र पर्याप्त माग नभएमा फाल्गुन ६ गतेसम्म रहने छ । ५ लाख २२ हजार कित्ता साधारण शेयर जारी गरेको कम्पनीको जारी पूंजी रु १६ करोड छ ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ५,२२० कित्तासम्म आवेदन दिन सक्नेछन । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ईक्रा नेपाल लिमिटेडले BB ग्रेडिङ्ग प्रदान गरेको छ जसले कम्पनीको वित्तिय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ। कम्पनिको प्रति शेयर आम्दानी ९६.७६ र नेटवर्थ ३७९.८६ रहेको छ । 

लामो समयको अन्तरालपछि धितोपत्रबोर्डबाट IPO स्वीकृत भएर सर्बसाधारणलाई आवेदन खुल्ला गरिएको हो । यसपछि अन्य केही कम्पनिहरु IPO निष्कासनका लागि तयारी अवस्थामा छन् ।

 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here