Friday, May 24, 2024
21.1 C
Kathmandu

एक भन्दा बढी परिवारका सदस्यलाई कोरोना संक्रमण भए के गर्ने ?

माधवराज पोखरेल, क्रियटिभ खबर, ७ साउन २०७८, काठमाडौं । परिवारमा एक भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजेटिभ हुनेहरूसँगै बस्न सकिन्छ । कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिए पछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ । तर संभव भएसम्म छुट्टाछुट्टै कोठामा आइसोलेशन बस्दा राम्रो ।
संक्रमितको सम्पर्कमा आएका परिवारका अरू सदस्य पनि एक अर्कासँग छुट्टाछुट्टै (क्वारेन्टाइन) बस्नुपर्नेमा त्यसो नगरी आपसमा घुलमिल भएरै बसेका हुन्छन् । त्यसो गर्दा यदि एक जना सम्पर्क–व्यक्तिलाई संक्रमण सरेको रहेछ भने अरूलाई पनि सर्ने खतरा हुन्छ । यसरी घर र टोलभर संक्रमण फैलिन सक्छ । सबै पोजेटिभ हुनेले गर्नैपर्ने मुख्य कुरा भनेको अक्सिजन स्याचुरेसनको निगरानी नै हो । दिनमा २–३ पटक जति स्याचुरेसन हेर्नुपर्छ । यो समयमा सबैले पल्स अक्सिमिटर किन्न सम्भव नभए हरेक टोलमा १ पल्स अक्सिमिटरको जोहो गर्ने । एउटै अक्सिमिटरलाई निसंक्रमण गर्दै घर–घरमा लगेर टोल भरिकाले प्रयोग गर्न सकिन्छ । ज्वरो आए, खोकी लागे, पखालाचले सो अनुसारका औषधिहरूको मात्रसेवन गर्ने ताकि डाक्टरको सल्लाह नलिइकन जथाभावी रूपमा जुन पायो त्यहीँ औषधिकोसेवन नगर्ने । ज्वरो आए, खोकी लागे, पखालाचले सो अनुसारका औषधिहरूको मात्रसेवन गर्ने ताकि डाक्टरको सल्लाह नलिइकन जथाभावी रूपमा जुन पायो त्यहीँ औषधिकोसेवन नगर्ने ।
यो सामग्री संक्रमितहरूको आइसोलेशन सम्बन्धी स्वास्थ्य मापदण्ड, २०७७ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धी सामग्रीहरुका आधारमा तयार गरिएको हो ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here