Saturday, July 20, 2024
24.1 C
Kathmandu

विद्यालयको पाठ्यक्रममै विपद्का विषय समावेश गर्नु जरुरी छ : अनिल पोखरेल

क्रियटिभ खबर, २१ असार २०७९, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले, विपद्को हालको अवस्थामा परिवर्तन ल्याउनका लागि विद्यालय स्तरको पाठ्यक्रममै विपद्का विषय समावेश गर्नु जरुरी भएको र यस कामको सुरुवात गर्दै गरेको बताउनु भएको छ ।

पाठ्यक्रममा विपद्सँग सम्बन्धित विषयहरू समावेश गर्ने सम्बन्धमा असार १० गते अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा गृह मन्त्रालय, वन मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, उपत्यकाका स्थानीय पालिकाका प्रतिनिधिहरू, सञ्चार तथा अन्य सङ्घ संस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा, विद्यालयको प्राथमिक तहदेखि उच्च माध्यमिक शिक्षासम्मको पाठ्यक्रममा विद्यार्थीले ग्रहण गर्न सक्ने स्तरको विपद्का विषयहरू समाविष्ट गर्नुपर्ने सबैले सुझाव दिनुभयो । तत्कालका लागि भने सन्दर्भ सामग्रीका रूपमा स्थानीय पालिका मार्फत लागु गर्न सकिने पनि बताउनुभयो ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here