Monday, April 15, 2024
16.1 C
Kathmandu

बाघको आक्रमणबाट जोगिन ध्यान दिनुपर्ने कुराहरू

क्रियटिभ खबर, २२ असार २०७९, काठमाडौँ । वैशाख यता बाघ, भालु, चितुवा, हात्ती, गैंडा लगायतका जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । हिजो डोटीको पूर्वीचौकी गाउँपालिका (१ सिराङमा जङ्गली भालुले आक्रमण गर्दा १ जना घाइते भए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाघको आक्रमणबाट जोगिन ध्यान दिनुपर्ने कुराहरूका बारेमा भिडियो दस्ताबेज राख्दै आफू सँगै अरूलाई पनि बाघको आक्रमणबाट जोगाउन सहयोग गर्न आग्रह गरेको छ । 

प्राधिकरणले, जङ्गलमा जाँदा चहकिला लुगाहरू नलगाउन र जङ्गल अथवा जङ्गल छेउछाउ हिँड्दा कान र आँखा चनाखो राख्नुपर्छ भनेको छ । प्राधिकरणले “बाघको चिन्ह, पिसाब र गन्ध याद गर्ने, बाघ देखिएमा नजिकै नजाने, नजिस्क्याउने र बाघको प्रजनन समय वा वसन्त ऋतुमा सकेसम्म जङ्गलमा नजाने” भनेको छ । त्यसै गरी, बाघ देखिइहाले सम्भव भएमा २०–२५ मिटर अग्लो रुखमा चढ्ने गर्नुपर्छ भनेको छ । “बाघसँग जम्काभेट भएमा टक्क अडिएर बाघसँग आँखा जुधाएर पछाडि हटेर सुरक्षित ठाउँमा जाने गर्नुपर्छ” प्राधिकरणले भनेको छ ।

यसै कुरालाई थप्दै प्राधिकरणले, यदि समूहगत रूपमा बाघसँग जम्काभेट भयो भने हल्ला नगर्ने र बाघले झम्टन थालेमा पानीमा हाम नफाल्ने किनकि बाघ पौडन सक्छ भनेको छ। बाघको पाइला देखे सतर्क हुने र बाघले गाईबस्तु आक्रमण गरेको भए खोस्न जानु हुँदैन भनेको छ ।

यसका साथै, बाघले मानिस माथि आक्रमण गर्यो भने नजिकैको बस्ती, निकुञ्ज कार्यालय र सुरक्षा निकायमा खबर गर्न पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here