Saturday, July 20, 2024
24.1 C
Kathmandu

चट्याङका घटना बढ्दै, के छ त बच्ने उपाय ?

क्रियटिभ खबर, २३ असार २०७९, काठमाडौँ । नेपालमा प्रि–मनसुन देखि पर्न थालेको चट्याङका घटनाको क्रम मनसुन लागेसँगै बढ्दै गएको छ । वैशाख १ गतेदेखि आज असार २३ गते सम्मको विपद्का प्रमुख घटनाहरुको विवरण अनुसार, चट्याङका १२७ घटना भएका छन् । जसमा ४७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । हिजो मात्रै नेपाल भरी २ जनाको मृत्यु र १९ जना घाइते भए ।

चट्याङ एक प्रकारको विद्युतीय प्रवाह हो भन्दै यसबाट जोगिन सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चट्याङबाट बच्न गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर निस्किन नहुने र निस्किसकेको भए घर अथवा सुरक्षित स्थानमा प्रवेश गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । चट्याङका समयमा घर भित्र हुँदा झ्याल तथा ढोका बन्द गरेर सुरक्षित तरिकाले बस्नुपर्छ प्राधिकरण भनेको छ । चट्याङका समयमा “नदी तथा खोला नतर्ने, पौडी नखेल्ने र पानीको धारामा सिधै ननुहाउने, विद्युतीय उपकरणहरूको प्रयोग नगर्ने” प्राधिकरणले भनेको छ । सकेसम्म चट्याङ परेको बेला घर भित्रै झ्याल तथा ढोका बन्द गरेर सुरक्षित तरिकाले बस्नुपर्छ प्राधिकरण भनेको छ ।

चट्याङको समयमा घर बाहिर हुँदा, विशेष ध्यान दिनुपर्ने पनि प्राधिकरणले जनाएको छ । चट्याङले बिजुलीका रुख, बिजुलीका तार, पोल, पोखरी र नदीमा सजिलै समात्न सक्ने भएकाले यसको नजिक नजाने, धातुका पर्खाल, गेट तथा पाइप नजिक नबस्ने । “खुल्ला ठाउँमा भए शरीरलाई सानो बनाएर टुक्रुक्क भुईँमा कुर्कुच्चा जोडेर बसी दुवै हातले कान थुन्नुपर्छ” प्राधिकरणले भनेको छ ।

स्रोत (फोटो) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here