Monday, April 15, 2024
16.1 C
Kathmandu

के तपाई लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ ? मौसम र बाढीको बारेमा बुझ्नुभयो ?

क्रियटिभ खबर, २४ असार २०७९, काठमाडौँ । बर्खायाममा बाढी, पहिरोको जोखिम हुने र अत्याधिक वर्षाका कारण बाटो अवरुद्ध हुने भएकाले लामो दुरीको यात्रा गर्न गाह्रो हुन्छ । दैनिक जीवनमा घरमै बसेर पनि काम नचल्ने भएकाले घर, गाउँ बाहिर पनि जानुपर्ने हुन्छ । तर लामो दुरीको यात्रा गर्नु पूर्व, कतातिर पानी पर्दैछ ? खहरे खोला र नदी बढेका छन् कि ? घर, गाउँबाट टाढा जान ठिक समय छ कि छैन् ? भनेर बुझेर मात्रै यात्रा गर्नुपर्छ ।

यसका बारेमा बुझ्नका लागि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिन र बाढी पूर्वानुमान बुलेटिन हेर्न सकिन्छ । यसका साथै, फोन गरेर पनि मौसम र बाढीका बारेमा बुझन सकिन्छ । मौसमबारे थाहा पाउन ०१-४११३१९१ नम्बर र बाढीबारे थाहा पाउन पैसा नलाग्ने फोन नम्बर ११५५ मा फोन गरेर जानकारी लिन सकिन्छ ।

त्यसैले, आफू जानुपर्ने ठाउँको मौसमको बारेमा जानकारी लिएर मात्र लामो दुरीको यात्रा सुरु गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले, विपद्बारे चासो राख्न र चनाखो हुन पनि आग्रह गरेको छ ।

स्रोत (फोटो) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here