Monday, April 15, 2024
16.1 C
Kathmandu

कोरोना संक्रमण बढ्दै, एकैदिन थपिए १७७ संक्रमित

क्रियटिभ खबर, २८ असार २०७९, काठमाडौँ । कोरोना भाइरस संक्रमणको दर दिन प्रति दिन बढ्दै गएको छ । असार २४ गते शुक्रबार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार १०२, आइतबार १२१, सोमबार १६८ गर्दै आज  १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १ हजार ८०५ जनाको पीसीआर परीक्षणमा १४४ जना र १ हजार ३२१ जनाको एन्टीजेन परीक्षणमा ३३ जना गरी १७७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४१ जना निको भएका छन भने हाल देशभर ८७३ जना सक्रिय सङ्क्रमित रहेका छन । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्रोत (तस्बिर) : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here