Monday, April 15, 2024
16.1 C
Kathmandu

आगलागी बारे सचेत रहौँ, सावधानी अपनाऔँ

क्रियटिभ खबर, ३० असार २०७९, काठमाडौँ । आगलागीको जोखिम विशेष गरी हिउँद र सुख्खा मौसममा हुने गर्दछ । त्यो भन्दैमा बर्खा याममा आगलागीको जोखिम नहुने भन्ने होइन । बर्खा याममा पनि आगलागीका घटनाहरू हुने गर्दछन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको असार २९ गते बिहान १० बजेदेखि ३० गते बिहान १० बजे सम्मको दैनिक विपद् बुलेटिन अनुसार धनुषा, धनकुटा, काठमाडौँ, सर्लाही, रौतहट, जाजरकोट, सुर्खेतमा गरी ७ वटा आगलागीका घटनाहरू भएका छन् । ती घटनाहरूबाट १ जना घाइते भएको प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा सबै स्थानमा समयमै आगो नियन्त्रण गर्न सकिएको प्राधिकरणले जनाएको छ । वैशाख १ गते देखी आज असार ३० गतेसम्म ५७५ वटा आगलागीका घटनाहरू भएका छन् । जसमा १९ जनाको मृत्यु र ६७ जना घाइते भएका छन् । आगलागीबाट प्रभावित हुने परिवारको सङ्ख्या ६४८ रहेको छ ।

आजकाल विद्युतीय सामग्रीको अत्यधिक प्रयोग गर्ने गरिन्छ । उच्च गुणस्तरका विद्युतीय सामग्रीको प्रयोग नगर्ने, विद्युतीय अवस्थाको बारेमा रेखदेख नगर्ने, मर्मत सम्भार विना विद्युतीय सामग्रीको प्रयोग, ग्यास सिलिन्डरको प्रयोग गर्दा सावधानी नअपनाउने र सिलिन्डरको अवस्थाको बारेमा पनि जाँच नगर्ने कारणले गर्दा पनि आगलागीका घटनाहरू हुने गर्दछन् । त्यसैले, बर्खा याममा पनि आगलागी बारे सचेत रहौँ र सावधानी अपनाऔँ ।

स्रोत (फोटो) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here