Monday, April 15, 2024
16.1 C
Kathmandu

एकै दिन थपिए ३९१ संक्रमित, कोभिडका सक्रिय संक्रमितको संख्या २२ सय ७६

क्रियटिभ खबर, ०४ श्रावण २०७९, काठमाडौँ । कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । श्रावण १ गते १३५, श्रावण २ गते ४५७ , श्रावण ३ गते ३५७ गर्दै, आज श्रावण ४ गते ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २ हजार ५६२ जनाको पीसीआर परीक्षणमा ३४० जना र १ हजार ४१९ जनाको एन्टीजेन परीक्षणमा ५१ जना गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४६ जना निको भएका छन् भने हाल देशभर २२७६ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार ५४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको ग्राफ उकालो लागि रहेपनि स्वास्थ्य मापदण्डको पालना प्रभावकारी रूपमा भएको भने देखिँदैन । त्यसैले, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गरी सुरक्षित रहन आग्रह गरेको छ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here