Monday, April 15, 2024
16.1 C
Kathmandu

विपद्का घटनाबाट पछिल्लो ३ महिनामा १२१ को मृत्यु, २९९ घाइते

क्रियटिभ खबर, १० श्रावण २०७९, काठमाडौँ । विपद्का घटनामा परी पछिल्लो तिन महिनाको अवधिमा नेपालमा १२१ जनाले ज्यान गुमाएका छन् । २०७९ वैशाख १ गतेदेखि असार ३२ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सो अवधिमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्प दंश, आगलागी, जङ्गल आगलागी, हावाहुरी, जनावर आतङ्कका घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

२०७९ साल सुरु भएपछि सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । चट्याङ लागेर पछिल्लो तिन महिनाको अवधिमा ५० जनाको मृत्यु भइसकेको छ । उक्त अवधिमा पहिरोमा परी १७, बाढीमा परी ३, भारी वर्षाका कारण ४, सर्प दंश (सर्पको टोकाइ) बाट ६, आगलागीमा परी २०, हावाहुरीका कारण ९ र जनावर आतङ्क (जनावरको आक्रमण) मा परी १२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । बितेको तिन महिनाको अवधिमा विपद्का घटनामा परी २९९ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन् ।

प्राधिकरणका अनुसार, विगत ३ महिनामा विपद्का घटनाका कारण ६८ करोड ५२ लाख ४४ हजार ३६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

स्रोत (फोटो) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here