Monday, April 15, 2024
16.1 C
Kathmandu

एकैदिन ७१० जनामा कोरोना संक्रमण, २ को मृत्यु

क्रियटिभ खबर, १२ श्रावण २०७९, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २ हजार ५४१ जनाको पीसीआर परीक्षणमा ५२४ जना र २ हजार ४८४ जनाको एन्टीजेन परीक्षणमा १८६ जना गरी ७१० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २१५ जना निको भएका छन् भने हाल देशभर ४२३६ जना सक्रिय सङ्क्रमित रहेका छन्।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्रोत (तस्बिर) : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here