Monday, April 15, 2024
16.1 C
Kathmandu

विपद् सम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न

क्रियटिभ खबर, २२ श्रावण २०७९, काठमाडौँ । विपद् तथा उद्धार सम्बन्धी नमुना कृत्रिम घटना अभ्यास कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ । भूकम्प, आगलागी र डुबानजस्ता विपद्का समयमा कसरी सुरक्षित रहने र विपदमा परेका नागरिकहरूको कसरी उद्धार गर्ने भन्ने विषयमा आज जनकपुरधाम नगरपालिकाको कनकपतीमा कृत्रिम घटना अभ्यास भएको हो । स्थानीयहरूले आगलागी, भूकम्प र डुबान हुँदा कसरी उद्धार गर्ने तथा सुरक्षित रहने भनेर अभ्यास गरेका हुन।

युरोपियन युनियनको आर्थिक सहयोगमा भिएसओ, एफएससिएन, अकोराब र आयोनको साझेदारीमा सञ्चालित प्रयास परियोजनाले जनकपुरधाम वडा न १७ र १८ को सहकार्यमा अभ्यास गरिएको हो । 
 
यसले वडालाई विपद्को सामना गर्ने क्षमता बढाउने जनकपुरधाम नगरपालिका वडा न १७ का वडा अध्यक्ष राम बिराज यादवले बताउनुभयो । यस्तै वडा नं १८ का वडा अध्यक्ष लक्ष्मेश्वर मण्डलले यस्ता विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम गर्न वडा सधैँ तयार भएको बताउनुभयो । कार्यक्रममा आपत्कालीन खोज तथा उद्धार तालिम प्राप्त स्थानीय युवाहरूलाई नै परिचालन गरिएको थियो ।
 
यस्ता कार्यक्रमले स्थानीय स्तरमा विपद् आउँदा कसरी उद्धार गर्न सकिन्छ र यसको प्रक्रियाको बारेमा थाहा हुने प्रयास परियोजनाका लागि एफएससिएनका तालिम संयोजक अभिसेक ओझाले बताउनुभयो । उहाँले यस्ता अभ्यासले समाजमा आई पर्ने विभिन्न आपत्कालीन विपद्हरूमा उद्धार गर्न स्थानीय युवाहरूको क्षमता अभिवृद्धि गर्ने र यसले विपद्को क्षति पनि कम गर्ने बताउनुभयो ।
 
समुदायमा धेरै स्थानमा यस्ता कृत्रिम अभ्यास गर्न सके नागरिकलाई विपद् व्यवस्थापनबारे सचेतना फैलाउन विपद् बाट समाजलाई सुरक्षित राख्न सकिन्छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here