Monday, April 15, 2024
16.1 C
Kathmandu

विपद् सम्बन्धी ई–लर्निङ प्लेटफर्म तयार पार्दै प्राधिकरण

क्रियटिभ खबर, ०२ भदाै २०७९, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ई–लर्निङ प्लेटफर्म तयार गर्ने भएको छ । बुधबार प्राधिकरणका कर्मचारीहरूबिच ई–लर्निङ प्लेटफर्मको पहिलो प्रशिक्षण कक्षा भएको हो ।

यो ई–लर्निङ प्लेटफर्म मार्फत विपद्का विषयहरूबारे आधारभूत जानकारी लिन सकिनेछ । ई–लर्निङ प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ । विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रम भित्र चारवटा सत्र राखिएका छन्। लैङ्गिक समानता सम्बन्धी पाठ्यक्रम भित्र तीन वटा सत्र राखिएका छन् ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव डा. डिजन भट्टराईले आगामी दिनमा यसलाई थप परिष्कृत गर्दै लैजाने प्राधिकरणको उद्देश्य रहेको बताउनभयो । विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाहरूका लागि यो प्लेटफर्म उपयोगी हुने उहाँको भनाई छ ।

इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रूपमा पहुँच पुर्‍याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपद् बारे बुझ्न मद्दत गर्ने प्राधिकरणको अपेक्षा छ ।

स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here