Monday, April 15, 2024
16.1 C
Kathmandu

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको बृहत् छलफल सम्पन्न 

क्रियटिभ खबर, २७ असोज २०७९, काठमाडौँ । आज अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस । विपद् जोखिम न्यूनीकरणको राष्ट्रिय गोष्ठी आयोजना गरी पूर्व सूचना प्रणालीको महत्त्व, नेपालमा यसको वर्तमान अवस्था, बहुप्रकोपीय सूचना प्रणालीको निर्माणमा भइरहेको प्रगतिबारे बृहत् छलफल सम्पन्न भएको छ ।

नेपालमा पनि “सबैको लागि बहुप्रकोपीय पूर्व सूचना र पूर्व कार्य” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइएको छ । विपद् जोखिम न्यूनीकरणका विश्वव्यापी संस्कृतिलाई प्रवर्द्धन गर्नका लागि संयुक्त राष्ट्र सङ्घको महासभाले अक्टोबर १३ लाई अन्तर्राष्ट्रियता विपद् जोखिम न्यूनीकरणका राष्ट्रिय दिवसको रूपमा तोकेको छ । त्यस क्रममा अतिथि, वक्ता एवम् सहभागीहरूले जनधनको क्षति न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली महत्त्वपूर्ण भएकाले यसमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रिय गोष्ठीका प्रमुख अतिथि गृह सचिव विनोद प्रकाश सिंहले बाढीको पूर्व सूचना प्रणालीको प्रभावकारीताका कारण मानवीय क्षतिमा कमी आएको उल्लेख गर्नुभयो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिमबाट मानिसहरूको जीवन बचाउन मद्दत गर्ने भएकाले पूर्व सूचना प्रणालीको महत्त्व रहेको बताउनुभयो ।  

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व महाशाखा प्रमुख प्रदीप कोइरालाले जल तथा मौसम विज्ञान विभागका पूर्वानुमानहरू मिल्न थालेकोले पूर्व तयारीका कार्यहरू गर्न मद्दत मिलेको बताउनुभयो । 

प्राधिकरणका सहसचिव रामेश्वर मरहट्टा र उपसचिव राजेन्द्र शर्माले बहुप्रकोपीय पूर्व सूचना प्रणालीको अवधारणा र कार्य योजनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशी, एसियन डिजास्टर रिडक्सन एण्ड रेस्पोन्स नेटवर्कका अध्यक्ष आमोदमणि दीक्षित, डिपिनेटका अध्यक्ष सूर्य बहादुर थापाले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 

स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here