Saturday, July 20, 2024
27.1 C
Kathmandu

विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सम्पन्न

क्रियटिभ खबर, ०२ कार्तिक २०७९, काठमाडौँ । दैलेखमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम हिजाे सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको आयोजना र जिल्ला शाखा दैलेखको समन्वयमा ईच परियोजना अन्तर्गत भएको क्यार्डे तालिम हिजाे सम्पन्न भएको हो । स्थानीय स्तरमा हुने विभिन्न विपद्को समयमा यसको व्यवस्थापन गर्ने जनशक्ति उत्पादन गर्न विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम दिइएकाे थियाे । दैलेख बजारमा शनिवारबाट चार दिन भएको कार्यक्रमबाट स्थानीय युवाहरूले विपद्को समयमा खोज तथा उद्धार कसरी गर्ने, भूकम्प, डुबानमा परेका व्यक्तिहरूको उद्धार कसरी गर्ने भन्ने बारे तालिम लिएका छन् । 

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर शाह लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेष बहादुर थापा र रेडक्रसका विभिन्न प्रतिनिधिको उपस्थिति रहेको थियो । रेडक्रस सोसाइटी दैलेखका अध्यक्ष खेमराज केसीले अध्यक्षता गरेको उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका प्रोग्राम संयोजक अभिषेक ओझाले गरेका थिए ।

विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम लिएका जनशक्तिले स्थानीय स्तरमा हुने विभिन्न विपद्को बेला विपद् व्यवस्थापन गर्न सहयोग पुर्‍याउनेछन् । 

उद्घाटन कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर शाह लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेष बहादुर थापा र रेडक्रसका विभिन्न प्रतिनिधिको उपस्थिति रहेको थियो ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here