Saturday, July 20, 2024
24.1 C
Kathmandu

बालिका शिक्षामा अभिभावकको भूमिका ।

क्रियटिभ खबर, २४ आषाढ २०८१, काठमाण्डौं। नेपालमा सामाजिक र सांस्कृतिक मान्यताका कारण धेरै बालिकाहरू अझै पनि शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित छन् । छोरीहरूलाई शिक्षा दिने महत्त्वपूर्ण  भूमिका आमाबाबुको हुन्छ ।
शिक्षा किन महत्त्वपूर्ण छ ?
शिक्षा एक शक्तिशाली माध्यम हो जसले बालिकाहरू र उनका परिवारको जीवन परिवर्तन गर्न सक्छ । जब बालिकाहरूले शिक्षा प्राप्त गर्छन्, उनीहरूले उमेर पुगेपछि विवाह गर्ने, स्वस्थ परिवार हुने र उच्च आम्दानी कमाउने सम्भावना बढी हुन्छ । शिक्षाले बालिकाहरूलाई उनीहरूको जीवनको बारेमा उचित निर्णयहरू लिन र उनीहरूको समुदायको सक्रिय सदस्य बन्न आवश्यक पर्ने सीप र ज्ञान पनि प्रदान गर्दछ ।
अभिभावकको भूमिका ।
छोरीहरूलाई शिक्षा दिन आमाबाबुको निम्न भूमिका महत्त्वपूर्ण हुन्छ ।
प्रोत्साहन र उत्प्रेरित गर्नुहोस्: हामीले हाम्रा छोरीहरूलाई उनीहरूको शिक्षा मा पहुँच बढाउन र शैक्षिक रूपमा उत्कृष्ट हुन उत्प्रेरित गर्नुपर्छ । यस कारण उनीहरूको उपलब्धिहरूको मात्रै होइन, प्रयासहरूको पनि प्रशंसा गर्नुहोस् । यसले उनीहरूमा सकारात्मक भावनाको विकास गर्छ ।
स्रोतहरू उपलब्ध गराउनुहोस्: छोरीहरूलाई विद्यालयमा सफल हुन आवश्यक स्रोतहरू, जस्तै महिनावारी स्वच्छता सामग्री, शैक्षिक सामग्रीहरू, पोसाक र अध्ययन गर्ने शान्त वातावरणको व्यवस्था गर्नुहोस् ।
उनीहरूको शिक्षाको लागि वकालत गर्नुहोस्: हामीले हाम्रा छोरीहरूको शिक्षाका लागि अभिभावक–शिक्षक बैठकहरूमा भाग लिएर, विद्यालय व्यवस्थापन समिति सँग संलग्न भएर र स्थानीय निकायमा छोरीहरूलाई शिक्षामा समान अवसरहरूको माग गरेर वकालत गर्नुपर्छ ।
लैङ्गिक पुरातन सोचहरूलाई चुनौती दिनुहोस्: छोरीहरूको क्षमतालाई सीमित गर्ने हानिकारक व्यवहारहरूको विरुद्धमा उभिनुहोस् । हाम्रो घर र समुदायमा लैङ्गिक असमानतालाई बढवा दिने पुराना सोचहरूलाई बदल्नुपर्छ ।
निष्कर्ष
छोरीहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण गरेर, हामी अवरोधहरू तोड्न र हाम्रो परिवार र समुदायको लागि उज्ज्वल भविष्य सिर्जना गर्न सक्छौँ । यस कारण आउनुहोस् शिक्षाका माध्यमबाट छोरीहरूको भविष्य उज्ज्वल बनाउन हातेमालो गरौँ ।

यो सामग्री आसमान नेपाल र प्लान इन्टरनेशनल नेपालले सञ्चालन गरेको शिक्षा परियोजनाको सामग्री बाट साभार गरिएको हो ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here