Saturday, July 20, 2024
24.1 C
Kathmandu

स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नंं.–३ अन्तर्गत पर्ने सिन्धुली जिल्लाका साविक डुडभन्ज्याङ, वितीजोर, भुवनेश्वरी, तीनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गरी ७ वटा गाउँ विकास समितिहरूलाई एकीकृत गरी ७ वटा वडा कायम गर्ने गरी नेपाल सरकारको मिति २०७३÷११÷२७ गतेको निर्णयले देशभरिका अन्य स्थानीय तह जस्तै यस गोलन्जोर गाउँपालिकालाई स्थानीय तहको रूपमा लागू गरिएको हो । सिन्धुली जिल्लाका साविक गाउँ विकास समितिहरू वाशेश्वर, रतनचुरा र तीनकन्याको बीच भागमा पर्ने गोलन्जोर डाँडाको नामबाट यस गाउँपालिकाको नाम गोलन्जोर रहन गएको हो । गोलन्जोर डाँडा ऐतिहासिक र रमणीय भएकोले यस स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गरी जनताको आय आर्जन र जीवीकोपार्जनमा मदत पुर्याउने पवित्र उद्देश्यले भ्यु टावर निर्माण गर्ने कार्यक्रम राखिएको छ । यस गाउँपालिकाको सिमानामा पूर्वमा फिक्कल गाउँपालिका र रामेछाप जिल्ला, पश्चिममा कमलामाई गाउँपालिका र सुनकोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्ला र दक्षिणमा कमलामाई गाउँपालिका र तीनपाटन गाउँपालिका रहेका छन् । हाल यस गाउँपालिकाको केन्द्र हालको वडा नं.–३ ग्वालटारमा रहेको छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार यस गाउँपालिकाको जम्मा परिवार संख्या ३६८१ तथा कुल जनसंख्या १९३२९ रहेको थियो भने घरधुरी सर्वैक्षण २०७५ अनुसार परिवार संख्या ३८११ र जनसंख्या २१३१९ रहेको छ । यसरी हेर्नेहो भने २०६८ सालको तुलनामा २०७५ सालमा १३० घर र १९९० जनसंख्या बृद्धि भएको देखिएको छ । यस गाउँपालिका भित्र विकासका संभाव्य क्षेत्रहरू मुख्यतया कृषि, जलस्रोत, पर्यटन, जडीबुटी लगायतका प्राकृतिक स्रोत साधन आदि रहेका छन्। यस गाउँपालिका भित्र क्षेत्री, ब्राम्हण, मगर, नेवार, कामी, दमाई, सार्की, भुजेल, माझी, तामाङ, सुनुवार, राई आदि जाति जनजातिको बसोबास रहेको छ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here