Monday, April 15, 2024
16.1 C
Kathmandu

रानीमहलः ऐतिहासिक गरिमा र प्राकृतिक सुन्दरता

सुस्मा पौडेल बस्याल, चारैतिर अग्ला पहाड, विचमा नागवेली झै सललल वगीरहेको कञ्चन कालीगण्डकी । यही उत्तरबाहिनी कालीगण्डकी नदी किनारबाटै जग उठाएर निर्माण भएको रानीमहल दरवार, एैतिहासिक, पुरातात्वीक, सास्कृतिक र पर्यटकिय हिसावले निकै महत्वपूर्ण स्थल हो ।
शितल स्वच्छ, हावापानी, शान्त र एकान्त वातावरणमा अवस्थित छ ‘रानीमहल’ । सायद प्रकृतिले दिनुपर्ने सबै प्रकारका सुन्दरताको मोह यही पोखिएको छ ।
प्रेम जोडीहरुको प्रमुख गन्तव्य बनेको यस प्राचिन दरबार ‘रानीमहल’ प्रकृतिको अनमोल उपहार पनि हो ।
पाल्पाको तानसेन नगरपालीकामा पर्ने रानीमहल, सदरमुकाम देखि १३ किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । करिब साढे २ घण्टाको पैदल यात्रामा पुग्न सकिने दरवार सम्म नै सरल सडक सुविधा रहेकाले साना ठुला जुन सुकै गाडीवाट आउ जाउ गर्न सकिन्छ ।
वि.सं १९५४ मा खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा, निर्माण गरेकाले यस रानीमहल दरबारलाई ‘प्रेमको प्रतिक’ मानिएको हो ।
मृत्युको अन्तिम क्षणमा रानी तेजकुमारीलाई खड्ग शमशेरले, भारतको आग्रामा जस्तै ताजमहल निर्माण गरी स्मृतिलाई ताजै राख्ने वचन दिएपछि उनको सम्झनामा पाँच वर्ष लगाएर रानीमहल निर्माण गरिएको ईतिहास उल्लेख छ । यसकारण यस ठाउमा आए मात्रै पनि प्रेम अमर रहन्छ भन्ने बिश्वास रहेको छ ।
युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएकोे चारतले यो दरबार ११ रोपनी क्षेत्रफलमा फैलिएको छ । दरबारको मूलढोकामा कुँदिएका ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो सिधै कालीगण्डकी तल नदीको कुण्डमा जोडिएको छ ।
२४ वटा कोठा सहितको यस ऐतिहासिक रानीमहल कालीगण्डकी नदीको उत्तरी मोडामा विशाल चट्टानमाथि अवस्थित छ । दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल छ ।
खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई वटा मन्दिर पनि रहेका छन् ।
महल परिसरको बगैंचा, शिवलालय मन्दिर, पानीपोखरी, शिबलिङमा, भान्सा घर, घोडा बाध्ने तबेला, ठूलो घण्ट सहित आकर्षक कलाकृतिले भरीपुर्ण उतिबेलै निर्माण भएका यस दरबारका संरचनाहरु अहिले पनि लोभलाग्दा छन् ।
सिला सालिग्राम पाईने यस पवित्र कालीनदीमा स्नान गरे वा यो पवित्र जल सिंचित मात्रै मोक्ष प्राप्त हुने र मृत्यू पछि उत्तरबाहिनी नदीघाटमा अन्त्येष्टी गरे स्वर्गपुगिने जनविश्वासले पनि रानीमहलको धार्मिक महत्व निकै उच्च छ ।
पूर्खाले उपहारको रुपमा निर्माण गरी तपाई हाम्रो जिम्मामा छोडेका प्राचिन रानीमहलको ऐतिहासिक गरिमा, प्राकृतिक सुन्दरताको विविध पक्षलाई संरक्षण र संवद्र्धन गर्नु आवश्यक छ । भावी पुस्ता सम्म बचाईराख्ने र मुलुककै प्रमुख पर्यटकिय गन्तब्यस्थलका रुपमा रानीमहललाई बिकास गर्न सके पक्कै रानीमहलको ताज अमर रहीरहन सक्छ ।

 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here