Monday, April 15, 2024
16.1 C
Kathmandu

सामाजिक सुरक्षा भनेको के हो त?

सुस्मा पौडेल बस्याल, सामाजिक सुरक्षा भनेको आफ्नो आधारभूत आवश्यकता आफै पूरा गर्न नसक्ने अवस्थामा रहेकालाई मानवीय आवश्यकता पूरा गराउन गरिने कार्यको समष्टिगत रुप हो । सामाजिक सुरक्षाले मानिसहरूको कुशलता समृद्धिमा नकारात्मक असर पर्ने स्थितिलाई रोकथाम व्यवस्थापन गरी र सामना गर्ने क्षमता बढाउन मदत गर्दछ । सामान्य अर्थमा निम्न तथा घटदो जीवनस्तरबाट व्यक्ति तथा परिवारलाई संरक्षण गर्नका लागि सुविधा दिन अपनाइएका सार्वजनिक र सामुहिक व्यवस्थालाई सामाजिक सुरक्षा भनिन्छ ।
यसले समाजका सबै वर्ग, समुदाय तथा क्षेत्रका मानिसहरुले सम्मानपूर्वक बाँच्न पाउने, सामाजिक क्रियाकलापमा सहभागी हुन पाउने तथा सामाजिक वस्तुको उपभोग गर्न पाउने अवस्था सिर्जना गर्दै समाजमा सामाजिक न्याय प्रदान गर्छ । प्रत्येक लोककल्याणकारी राज्यहरुले सामाजिक सुरक्षालाई राज्यको संविधान, नीति तथा कार्यक्रममार्फत प्रत्याभूत गरेका हुन्छन् । यो एक बहुआयामिक विषय हो । सामाजिक सुरक्षाले गरिबी र आर्थिक धक्कालाई मात्रै हैन सामाजिक जोखिमलाई समेत सम्बोधन गर्नका लागि सार्वजनिक कार्यहरूलाई समेत समेट्छ । यसकारण सामाजिक सुरक्षा प्रत्येक व्यक्तिको मानव अधिकार हो । सामाजिक सुरक्षा प्रणालीले बेरोजगार भत्ता, पेन्सन, आवास सहयोग, स्वास्थ्य सुरक्षा विमा, कृषि विमा, बालबालिका, अपाङ्गता भएका, जेष्ठ नागरीक, एकल महिला पूरुष, विपद्को जोखिममा रहेका र प्रभावितहरु लगाएतकालाई सामाजिक सुरक्षा प्रदान गर्दछ । सामाजिक सुरक्षाले गरिब, कमजोर तथा संकटमा रहेकाहरूलाई रोजगारी खोज्न, आफ्ना परिवारको स्वास्थ्य र शिक्षामा लगानी गर्न, र जेष्ठ नागरीकहरुको सुरक्षा गर्न सहयोग पु¥याउदछ ।

विपद् पछि सामाजिक सुरक्षा प्रणाली मार्फत कसरी काम गर्न सकिन्छ त ?

विपद् प्रतिकार्यात्मक सामाजिक सुरक्षा प्रणालीलाई नेपाल सरकारको अहिले रहेको सामाजिक सुरक्षा प्रणालीसँग जोड्न सकिन्छ । प्रत्येक स्थानीय सरकार (गाँउपालिका÷नगरपालिका) संग सामाजिक सुरक्षा प्रणालीका सबै सूचनाहरु छन् जस्तै अपाङ्गता भएका, जेष्ठ नागरीक, एकल महिला पूरुष, दलित, र विपन्न समूहहरु आदी । यसकारण अहिले रहेकै सामाजिक सुरक्षा प्रणालीलाई ब्यवथ्थीत गरी अद्यावधिक गर्न सके यसले विपद् प्रतिकार्यात्मक सामाजिक सुरक्षा प्रणालीलाई समेत समेट्न सक्छ ।
यसका लागी अहिलेको सामाजिक सुरक्षा प्रणालीमा ब्यस्थित सूचना प्रणालीको निर्माण गरी, मानवीय नगद सहयोगलाई जोड दिन सकिन्छ । यसका लागी संकटमा रहेका घरपरिवारको एकिकृत सूचना संकलन गरी अहिलेको सामाजिक सुरक्षा प्रणालीमा ब्यस्थित तरीकाले राख्ने । यस्तो सूचना संकल गर्दा जोखिमको अवस्था, जोमिम नक्सांकन, जोखिमको स्तर लगाएतका सूचना संकलन गर्नु आवब्यक छ । त्यसपछि सबैको बैंक खाता खोल्नु पर्छ ताकि विपद्का समयमा मानवीय नगद सहायत भुक्तानी पनि बैंकमार्फत उपलब्ध गराउन सकियोस ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here