Saturday, July 20, 2024
24.1 C
Kathmandu

आगलागीबाट बच्न के गर्न सकिन्छ त?

आगलागीबाट बच्न के गर्न सकिन्छ त?
आगलागी हुनुका मुख्य कारण, आगोको प्रयोगमा सावधानी नअपनाउनु पनि हो । खाना पकाउ“दा होस् या फोहर जलाउ“दा, सावधानी नअपनाउने तथा काम सकिसकेपछि पूर्ण रूपमा आगो ननिभाउ“दा आगलागी हुनसक्छ । त्यसैगरी, कमजोर विद्युतीय संरचना तथा सामग्रीहरू जस्तै विद्युतीय तार, प्लग, वाईरिङ तथा अति कमजोर विद्युतीय सामग्रीहरूको प्रयोगले आगलागी हुने गर्दछ । यसका साथै ग्या“स, मट्टीतेल, पेट्रोल, डिजेल जस्ता अति प्रज्वलनशील पदार्थको सावधानी पूर्वक प्रयोग गर्नु आवश्यक हुन्छ । भूकम्प, चट्याङ तथा हुरीबतास जस्ता प्रकोपका कारण पनि आगलागी हुन सक्दछ । भने चुरोटको ठूटो ननिभाइ फाल्दा पनि आगलागी हुनसक्छ ।
आगलागीको पूर्वतयारीका उपायहरू
आगलागीका मुख्य स्रोतहरूको सुरक्षित प्रयोग गर्ने तथा बालबालिकाले भेट्ने ठाउमा नराख्ने । विद्युतीय सामग्रीहरू तथा खाना पकाउने ग्यासको सुरक्षित प्रयोग गर्ने र गुणस्तरीय विद्युतीय सामग्ररीको प्रयोग गर्ने । आगलागीको सुरूवाती चरणमा सम्भव भएसम्म सुरक्षित रहेर निभाउने प्रयास गर्ने र यदि आगलागी भयो भने तत्काल पहिले नै पहिचान गरेको सुरक्षित मार्ग हु“दै सुरक्षित स्थानमा निस्कने । यदि बाहिर निस्कने वा मूल ढोका बन्द भएको अवस्थामा वैकल्पिक बाटोबाट बाहिर निस्कने । अरूले पनि आगलागीमा परेका मानिसलाई सम्भव भए अवस्था अनुसार कुदेर, पल्टँदै वा अन्य सुरक्षित तरिकाबाट बाहिर निक्लन लगाउने तथा सहयोग पु¥याउने । आगोको घेराबाट निक्लन सम्भव नभए पानीले भिजेकोे कपडा दिने, प्रयोग गर्ने र त्यस्तो कपडा शरीरमा बेरेर बाहिर निकाल्न सहयोग गर्ने ।आगलागी भएको जानकारी छरछिमेक सम्म राम्ररी पुग्ने गरी कराउदै वा सिट्ठी फुकेर जनसहभागिता जुटाउने र दमकललाई १०१ र प्रहरीलाई १०० मा फोन गरेर सहयोग माग्ने । आगो फैलन नपाउ“दै नियन्त्रणका लागि अग्नी समकको प्रयोग गर्ने नभए उपलब्ध जनशक्तिलाई लाइनबद्ध गर्ने र पानी, हरिया बोटबिरूवा, बालुवा, माटोजस्ता वस्तु एकले अर्कामा हस्तान्तरण गर्दै आगलागी भएको स्थानसम्म पु¥याउने ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here