Monday, April 15, 2024
16.1 C
Kathmandu

पहिरोबाट हुने क्षति कम गर्न के गर्न सकिन्छ त?

घर तथा संरचनाको निर्माण गर्दा धेरै भिरालो तथा कमजोर स्थानमा वा सो स्थानको तलतिर नबनाउ ।
भारी वर्षाका बारेमा थाहा पाउन मौसमको जानकारी लिउ र पहिरोका पूर्व संकेतहरू प्रति सचेत रहौं, जस्तै जमिनमा चिरा पर्नु वा धाँजा फाट्नु, भूमिगत पानीको स्रोत धमिलो हुनु, ठाडा संरचनाहरू एकातिर ढल्कनु, भिरालो जमिनबाट कुनै कारणविना नै स–साना ढुङ्गा खस्नु, पहिरोले थुनिएर खोलाहरू बग्न बन्द हुनु आदी ।
पानी नपरेको समयमा समेत सचेत रहनुहोस, कुनै चेतावनी विना नै ढुङ्गा–माटो बगेर आउन सक्छन् । खोला तथा नदीका भिराला प्रवाहहरूका बारेमा पनि सतर्क रहनुहोस् । चेतावनीका संकेतहरू थाहा पाए सबै तिर खबर गरी सुरक्षित स्थानमा जानुहोस् ।
यदि तपाई पहिरोमा फस्नु भएको छ भने उद्धारकर्ताहरूलाई सतर्क पार्नका निमित्त चिच्याउनुहोस्, सिठ्ठी बजाउनुहोस् वा अन्य कुनै संकेत गर्नुहोस ।
पहिरो गएको क्षेत्रमा एक्लै नपस्नुहोस् । कोही पहिरोमा परेको छ भने सीप र क्षमता अनुसार उद्धारमा सहयोग गर्नुहोस् । सहयोग गर्दा डोरी लगायतका उपकरणको प्रयोग गर्नुहोस ।
थप जानकारीका लागि भरपर्दो सञ्चार माध्यमबाट सूचना लिनुहोस् र स्वास्थ्यसेवा तथा राहतको व्यवस्था मिलाउन सहयोग गर्नुहोस ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here