सून्दर सुखीपुर

0
918

मेघराज बराल, क्रियटिभ खबर, १ साउन २०७८नेपालको अन्नभण्डार, उर्वर भुमी तराईको सिराहा जिल्लामा पर्ने सुखीपुर नगरपालिका ५४.७८ बर्ग.कि.मी क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको उत्तर पश्चिममा गोलबजार नगरपालिका, पश्चिममा अर्नमा गाउँपालिका, पूर्वमा लक्ष्मिपुर पतारी र बरियारपट्टी गाउँपालिका, यसैगरी दक्षिणीतिर औरही गाउँपालिका र उत्तर पूर्वमा धनगडीमाइ नगरपालिकासँग सिमानामा जोडिएको यस नगरपालिका, साविकको सुखीपुर नगरपालिका, मोहनपुर कमलपुर,विधानगर, कुसहा लक्ष्मीनिया, कबिलासी,सिलोर्वा पछवारी र बलही मिलेर बनेको छ ।वि.सं. २०७१ सालमा स्थापना गरिएको यस सुखीपुर नगरपालिकालाई राज्य पुनसंचनापछि २०७३ सालमा केही क्षेत्रहरु थपेर पुन नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा जनसख्या ३७, ५९२ रहेको छ । जातीय विविधता यस नगरको अनेकतामा एकता हो । त्यसैले यहाँको कला र संस्कृतिमा पनि अनुपम सुन्दरता भेटिन्छ । यहाँका समुदायले दशैं, तिहार, र छठ जस्ता मुख्य चाडपर्वहरु संगै विभिन्न धर्मसँग सम्वन्धित अन्य चाडपर्व र संस्कार संस्कृतिहरु पनि मान्दै आएका छन् । अझ यहाँको विशेष चाड छठ पर्व हो । पारिवारिक सुख, शान्ति, र, रोगबाट मुक्तिसंगै मनोकांक्षा पूरा होस् भनेर ‘छठ’ पर्व मान्ने चलन छ । छठ पर्वमा मधेसका नदी, पोखरी, तथा जलाशयका किनारमा छठी मातालाई पवित्र सामग्री नैवेद्य चढाए पछि उदाउँदो र अस्ताउँदो सूर्यदेवलाई पुजा गर्ने गरिन्छ ।
त्यसैगरी यहाँ विभिन्न देवी देवताका प्रसिद्ध धार्मिक मठमन्दिहरु तथा मस्जीद पनिप्रसस्त रहेका छन् । धार्मिक आस्ताका मठमन्दिर तथा मस्जीदहरुले धार्मिक भाइचारा, सद्भाव र आस्था कायम राख्नुका साथै यहाको पर्यटन विकासको सम्भवतानलाई पनि अझबढाएकाछन् । नेपालको अन्नभण्डार उर्वरभुमी तराईको प्रमुख आधार कृषि, यस सुखीपुर नगरबासीको पनि प्रमुख विशेषता हो । कृषि पशुपालन, व्यापार व्यावसाय, रोजगार र वैदेशीक रोजगारमा पनि यहाँका समुदाय तल्लिन रहेका छन् । अझ आर्थिक विकासकालागि यहाँका समुदाय कृषिमा धान खेतीलाई प्रमुख वाली अपनाएका छन् । यहाका यि कृर्षि उत्पादनहरु देशका प्रमुख शहरहरुमा निर्यात गरिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here