Monday, April 15, 2024
16.1 C
Kathmandu

आगलागी सुरक्षा कार्यक्रम सम्पन्न

आगलागीका घटनाहरूमा वृद्धि भैरहेको अवस्थामा आगलागी हुँदा अपनाउनु पर्ने सुरक्षा विधि र भान्सामा हुने आगलागी सम्बन्धी अभिमुखीकरण र कृतिम घटना अभ्यास कार्यक्रम ललितपुर महानगरपालिकाको वडा नं. १६ र १९ मा सम्पन्न भएको छ ।
विशेष गरी खाना पकाउने ग्यास, तेल तथा अन्य ज्वलनशिल पदार्थका कारण घरमा आगलागी नहोस भनेर कस्तो सावधानी अपनाउने र आगलागी भए कसरी नियन्त्रण गर्ने जस्ता विषयमा कार्यक्रम सम्पन्न भएको थियो ।
फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल, युएनडीपी नेपाल र ललितपुर महानगरपालिको समन्वय तथा सहकार्य र युरोपियन युनियनको आथिक सहयोगमा संचालन हँुदै गरेको “बहु प्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि” कार्यक्रम अन्तर्गत यो आगलागी सुरक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अविशेक ओझाले घरमा आगलागी हुँदा नआत्तिकन घाइतेहरूलाई उद्धार गरी प्राथमिक उपचार गर्ने र गम्भीर चोट लागे छिटो भन्दा छिटो अस्पतालमा पठाउनु पर्ने कुरामा जोड दिनुभयो । दुई वटा वडाका नौ वटा टोल स्तरमा भएको कार्यक्रम दमकलका राजकुमार ठकुरी र गणेश पौडेलको नेतृत्वमा भएको थियो ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here