Saturday, July 20, 2024
24.1 C
Kathmandu

राष्ट्रिय अखष्डता, स्वाधिनता र गौरवकाे उत्सव, पाल्पाको रणउजीरेश्वरी भगवती रथयात्रा

शारदा बस्याल, क्रियटिभ खबर, १ साउन २०७८, काठमाडौं । पहाडकी रानी, सेनबंशी राज्यव्यवस्थाको बलियोे अखडा पाल्पाको सदा गौरवमय इतिहास रहि आएको छ । विश्वमा कहिले पनि नझुकेको यो राज्यव्यवस्था, साम्राज्यबादी अग्रेजहरुसंगको युद्धमा पनि कौशलता देखाई उनिहरुलाई भगाउन सफल पाल्पाको गौरवमय इतिहाससंग जोडिन्छ, तानसेनको रणउजीरेश्वरी भगवती मन्दिर । वि.सं. १८७१–७२ मा पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजीर सिंह थापाले अग्रेजसंगको युद्ध जीत्न सके भब्य रथयात्रा गर्छु भनी यस भगवती मन्दिरमा भाकल गरे र सोही अनुरुप युद्ध जीतेको खुसीयालीमा भगवतीको भब्य र कलात्मक रथ बनाई सिन्दुर जात्रा मनाउन सुरु गरिएको, गौरवमय ईतिहाँस रहे को छ । यो राष्ट्रिय अखष्डता, स्वाधिनता र गौरव उत्सव हो । यही राष्ट्रिय स्वाधिनताका कारण पनि होला सबै धर्मको एक साझ बिजय उत्सब हो यो रथयात्रा ।

अग्रेज युद्धमा विजयको प्रतिक स्वरुप सुरु गरिएको यस भगवती जात्राको गरिमा र महिमा धार्मिक र सांस्कृतिक पक्षसंग मात्रै हैन, ऐतिहासिक विरताको गाथासँग जोडिएको प्राचिन कला र संस्कृतिक पनि हो । यस भगवती मन्दिरमा हरेक वर्ष भाद्र कृष्ण जन्माष्टमीको दिन भक्तजनहरु रातभरी जागराम बसेर भगवतीको पुजा आरधाना गरीन्छ । राती जितको खुसियालीमा ध्वजा पताका सहित हर्स बडाइ गरिन्छ । रातभरको जागराम, हर्स बडाइ पछि अर्को दिन अर्थत कृष्ण नवमीका दिन विहानै बाट रथमा देवीको पुजा आरधना हुन्छ । पुजा आरधना पछि शुभ साइतमा धुमधामका साथ जात्रा निकाल्ने परम्परा रहेको छ । भगवतीको मूर्ति रथमा राखेर बाजागाजाका साथ शुरु हुने, रथयात्रा सिन्दुर जात्रा गर्दै, तानसेन दरबार परिसर हुँदै बजार परिक्रमा गरिन्छ । पाल्पाको सदरमुकाम तानसेनमा भब्य रुपमा मनाइने यस भगवती जात्राको मेला हेर्न पाल्पाका विभिन्न गाउँ र छिमेकी जिल्लाहरुबाट समेत भक्तजन तथा पर्यटकहरु आउने गर्दछन् ।
जिल्लामा मनाइने जात्रा एवं उत्सवहरु मध्येको सबैभन्दा ठूलो र उतकृष्ट रणउजीरेश्वरी भगवती जात्राका दिन पाल्पाका सबै सरकारी कार्यालयहरुमा समेत विदा दिने चलन रहेको छ । नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना बाट सुरु हुने रथयात्राको बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर जात्रालाई विसर्जन गर्ने गरिन्छ । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन तीनै आराध्यदेवी भगवतीको आराधना र भाकल गरि विजय प्राप्त गरेको विश्वासमा सिन्दुर यात्रासहित भगवतिको रथ निकाल्ने गरिएको हो । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा स्थानीय रुपमा धुमधामका साथ मनाईने यस भगवती जात्रालाई धार्मिक आस्थासँगै ऐतिहासिक वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा समेत लिइने गरिएको छ ।
वि.सं. १८७२मा पाल्पा तानसेनमा तैनाथवाला कर्णेल उजीरसिंह थापाले निर्माण गरेको यस भगवती मन्दिर १९९० सालको भूकम्पले चर्किएपछि १९९२ सालमा भत्किन गएपछि तत्कालिन श्री ३ जुद्धशमशेरको पालामा जिर्णोद्वार गराउने काम भयो । त्यसपछि वि.सं.२०३१ सालमा पुन मन्दिरको मर्मत सम्भारका लागि तत्कालिन राजा वीरेन्द्रले एक लाख रुपैंया सहयोग गरेको पाईन्छ । त्यसैले अग्रेज युद्धमा विजयको प्रतिक स्वरुप सुरु गरिएको यस भगवती जात्राको धार्मिक सांस्कृतिक महिमा र ऐतिहासिक विरताको गाथा सँग जोडिएको प्राचिन कला र संस्कृतिको महत्व र गरिमालाई संरक्षण र संवद्र्धन गर्न स्थानीय सरकार तथा प्रदेशर केन्द्र सरकारको ध्यानाकर्षण भईरहेको छ ।
शारदा बस्याल

 

 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here