Saturday, July 20, 2024
24.1 C
Kathmandu

चट्याङ बाट हुने क्षति कम गर्न के गर्ने त ?

शारदा बस्याल, क्रियटिभ खबर, ६ साउन २०७८, काठमाडौं । चट्याङ एक प्रकारको विद्युतीय प्रवाह हो । आकाशमा विपरीत दिशाका बादलहरू तीव्र वेगमा जुधेपछि त्यहाँ ठूलो आवाजका साथ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट आगोको मुस्लो जस्तो झिल्को निस्कन्छ । यसलाई बिजुली चम्केको भन्ने गरिन्छ । चट्याङ पर्दा अत्यन्त धेरै मात्रामा करेन्ट उत्पन्न हुने भएकोले यस्तो बिजुलीको मात्रा कहिले काँही आकाशबाट जमिनतिर केन्द्रित भई प्रवाहित हुनेबेला यसको संसर्गमा आउने कुराहरूलाई क्षति पु¥याउने गर्छ । यस बाट बच्न घर तथा भवनमा अनिवार्य अर्थिङ जडान गर्नु पर्छ र यस्ता संरचनाहरू अग्ला रूख, टावर र विद्युतको लाइनबाट टाढा बनाउनु पर्छ । चट्याङको समयमा घरबाहिर हँुदा अग्ला रूख, बिजुलीका तार, पोल र पोखरी नजिक बस्नु हुदैन ।
बिजुली चम्केको समयमा खुला वा पानी परेको स्थानमा पनि बस्नु हुदैन । नदी तथा खोला नतरौं, पौडी नखेलौं र पानीको धारामा सिधै ननुहाउ । सकेसम्म विद्युतीय उपकरणहरू प्रयोग नगरौं । चट्याङले असर गरे तुरून्तै प्राथमिक उपचार गरी अस्पताल लैजाने व्यवस्था मिलाउ । क्षतिको मूल्याङ्कन गरी पुनःस्थापनको काम गरौं र भविष्यमा यस्ता घटनाले क्षति नहोस् भनेर सचेत रहौं ।
यो जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगाएतका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी जनचेतनामूलक सामग्री बाट साभार गरीएको हो ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here