जलवायु परिवर्तन हाम्रो साझा समस्या हो ।

0
442

जलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठूलो साझा समस्या मध्येको एक हो । यसले हरेक पल हाम्रो भविष्यको दिगोपनालाई चुनौतीपूर्ण बनाउनुका साथै हाम्रो सभ्यता र विकासका धरोहरलाई क्षति पुर्‍याइरहेको छ । तसर्थ, जलवायु परिवर्तन हाम्रो विकासको विरासत र सभ्यताको भविष्यका लागि सबैभन्दा ठूलो चुनौती हो ।
जलवायु परिवर्तनका नकारात्मक असरहरु विश्वका सबै भू-भाग र मुलुकहरुमा देखिएको भएतापनि अति कम विकसित तथा कमजोर आर्थिक र भौगोलिक अवस्था भएका मुलुकहरुमा यसको असर धेरै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here