२४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

0
487

“भूकम्पीय सचेतना, सुरक्षित संरचना” भन्ने मुल नाराका साथ आज माघ २ गते २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । वि.सं. १९९० माघ २ गते अपरान्ह्र २ः२४ बजे गएको महाभूकम्पको सम्झनामा हरेक वर्ष विभिन्न सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै आएको छ ।
ललितपुर महानगरपालिकाको पाटन दरवार स्क्वायरमा भएको मुलसमारोहलाई भच्र्युअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिनु भयो । सो अवसरमा उहाँले विपद् पुस्तिकाको समेत बिमोचन गर्नुभएको थियो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले २०७२ सालको भूकम्प लगतै नेपाल सरकारले सबैको सहकार्यमा काम गरेको बताउनु भयो । गृह मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग, ललितपुर महानगरपालिका, एनसेट लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here