Monday, April 15, 2024
23.1 C
Kathmandu

२४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, मूल समारोह समितिको कार्यक्रम पाटन दरबार स्क्वायरमा सम्पन्न भएको छ ।

२४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, मूल समारोह समितिको कार्यक्रम पाटन दरबार स्क्वायरमा सम्पन्न भएको छ । कोभिड–१९ को महामारीका कारण माननीय गृहमन्त्री बालकृष्ण खाँण र माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीको आतिथ्यता सहित सिमित भौतिक उपस्थितिमा कार्यक्रम सञ्चालन भएको छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा भर्चुअल माध्यमबाट संबोधन गर्दै भवन लगायतका संरचना निर्माण गर्दा राष्ट्रिय भवन संहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । साथै, गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय भवन निर्माण संहिताको पालना गर्न स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको छ । शहरी विकास मन्त्री राम कुमारी झाक्रीले भूकम्प मात्र होईन बाढी, पहिरो, आगलागी जस्ता अन्य विपद्को जोखिम समेत आंकलन गरी भवन र बस्ती निर्माण गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि रिचर्ड हवार्ड, मूल समारोह समितिका सदस्य सचिव सुर्य नारायण श्रेष्ठ लगायतले कार्यक्रममा संबोधन गर्नुभएको छ ।                                                                    सौजन्य (फोटो तथा समाचार) ः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here