शितलहर र यसबाट बच्न अपनाउनुपर्ने उपायहरु

0
256

क्रियटिभ खबर, ६ माघ २०७८, काठमाडौं । देशभर चिसो बढ्दै गएको र धेरै दिन देखि प्रयाप्त घाम नलागेका कारण जनजीवन प्रभावित भएको छ । मौसम चिसो हुनुका साथै शितलहर पनि पर्ने भएकाले तराई क्षेत्रका समुदायले थप साशति भोग्नुपरेको छ । तराई क्षेत्रमा जाडोयामका समय (मङ्सिर देखि माघ) महिना सम्म शितलहरको जोखिम हुने गर्दछ । तसर्थ, यसबाट सर्तकता अपनाउन आवश्यक छ । जाडोयाममा सचेत नरहदा चिसो र शितलहरबाट हरेक वर्ष स्वास प्रस्वास, रुघाखोकी, निमोनिया, ज्वरो जस्ता स्वास्थ्य सम्बन्धी समस्याबाट धेरै मानिसहरु बिरामी हुने र केही मानिसको मृत्यु पनि हुने गर्दछ । साथै, यसका कारण पशुपन्छी, अन्नबालीमा पनि प्रतिकुल प्रभाव परी धेरै नै नोक्सान हुने गर्दछ । यसबाट विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, गरिब, पीछडीएका क्षेत्रका बासिन्दा लगायतलाई बढी प्रभाव पर्न सक्छ । त्यसैले, शितलहरको जोखिमलाई न्यूनीकरण गर्न स्थानीय सरकार र समुदाय मिली आवश्यक स्रोत साधनको पूर्व प्रवन्ध र जनचेतना अभिवृद्धी गर्न आवश्यक हुन्छ । यसका साथै, जाडोयामका बेला आर्थिक स्थिती कमजोर भएका मानिसहरुका लागि प्रोटिनयुक्त खानेकुरा र आगो ताप्नका लागि दाउराको व्यवस्था, न्यानो लुगाहरु वितरण गर्ने हो भने पनि केही हद सम्म शितलहरको जोखिम कम गर्न सकिन्छ ।

शितलहरबाट बच्न अपनाउनुपर्ने उपायहरु ः
१. जाडोबाट बच्नका लागि बाक्लो र न्यानो कपडा लगाउने,
२. पर्याप्त मात्रामा प्रोटीनयुक्त तातो झोलीलो खानेकुराको सेवन गर्ने,
३. शितलहरको समयमा आगो तापेर शरीरलाई न्यानो राख्ने तथा छाती र टाउकोलाई विशेषगरी चिसोबाट जोगाउने,
४. कोठा भित्र हिटर बाल्दा झ्याल तथा भेन्टिलेसन भएको कोठामा बाल्ने,
५. बालबालिका, ज्येष्ठनागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी महिला र विरामीहरुको विशेष हेरचाह गर्ने,
६. चिसोको कारण विरामी भएमा तत्कालै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त उपचारको लागि जाने,
७. घरेलु पशुपन्छीलाई पनि गोठ अथवा टहरामै राखेर घास, पराल, तातो खोले र दाना दिने व्यवस्था मिलाउने,
८. शितलहरको समयमा आलु, तरकारी, तोरी जस्ता नगदेबालीका बिरुवा मर्न सक्ने भएकाले यसलाई पराल, सोत्तर तथा  प्लाष्टिकको टनेलले छोप्ने व्यवस्था मिलाउने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here