Saturday, July 20, 2024
24.1 C
Kathmandu

आगो, हिटर र गिजरको प्रयोग गर्दा सर्तक रहौं ।

क्रियटिभ खबर, ७ माघ २०७८, काठमाडौं । जाडो मौसम छ । चिसोबाट बच्नका लागि शरीर न्यानो बनाइ राख्न पराल, दाउरा, हिटर बालेर आगो ताप्ने गरिन्छ । तर आगो ताप्ने क्रममा सर्तकता नअपनाउदा ज्यान पनि जान सक्छ । त्यती मात्रै हाेइन, आगो ताप्नका लागि प्रयोग गरिने हिटर होस या नुहाउदा प्रयोग गरिने गिजर, यसको प्रयोग गर्दा झ्याल तथा भेन्टिलेसन खुला नगर्दा निसास्सिएर मानिसको मृत्यु हुने घटना पछिल्लो समय धेरै हुने गरेकाे छ। यसकारण,
१. आगो, हिटर ताप्दा आगोको धेरै नजिक नबसौ,
२. आगोले छिट्टै टिप्ने किसिमका कपडाहरु नलगाऔ,
३. पराल, दाउरा बालेर आगो तापीसकेपछी पानीले राम्ररी आगो निभाएर छाडौ,
४. हिटर र गिजरको प्रयोग गर्दा झयाल, ढोका अथवा भेन्टिलेसन खोल्ने गरौ,
५. सकेसम्म राती सुत्ने समयमा हिटर बालेर नसुतौ,
६. ग्यास हिटरको प्रयोग गर्दा ग्यासको अवस्थाको जाँच गरौ,
७. इलेक्ट्रीक हिटर र गिजरको प्रयोग गर्दा गुणस्तरीय बिजुलीका स्रोतको प्रयोग गरौ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here