Saturday, July 20, 2024
27.1 C
Kathmandu

आगलागीबाट सुरक्षित रहौं

क्रियटिभ खबर, १० माघ २०७८, काठमाडौं ।

१. घरायसी प्रयोगमा आउने विद्युतीय सामग्री छान्दा  गुणस्तरीय सामग्रीको खरीद गरौ।

२. ग्यास सिलिण्डरको खरिद गर्दा ग्यासको अवस्थाको जांच गरी, मिति भएको सिलिण्डरको खरिद गरौं।

३. खाना पकाइ सके पछी ग्यास सिलिण्डर बन्द गरौं।

४.घरको भान्सामा अनिवार्य रुपमा फायर ब्लाङ्केट राखौं ।

५.सलाई, लाईटर, पेट्रोल, डिजेल, मैनबत्ती, धुप, तेल जस्ता ज्वलनशील पदार्थ बालबालिकाको पहुंचबाट टांढा राखौं।

६.चार पांग्रे सवारी साधन (एम्बुलेन्स, दमकल) छिर्न नसक्ने स–साना गल्लीहरुमा पानी फाल्ने पाइप (Hose Reel), पानी तान्ने पम्प (Water Pump) को व्यवस्था मिलाऔ।

७.औद्योगीक क्षेत्र तथा कार्यालयहरुमा फायर आर्लाम तथा अग्नि समनयन्त्र (Fire extinguisher) अनिवार्य रुपमा राखौं।

८.टोलका मुख्य–मुख्य स्थानहरुमा अग्नि नियन्त्रणका सामग्रीहरु जस्तै ः अग्नि समनयन्त्र (Fire extinguisher) , आगो निभाउने बाल्टिन, आगो निभाउने कम्बल, आगोलाई पिटेर निभाउने उपकरण, गैचीं, वेल्चा, डोरी, वालुवा, भर्‍याङ, फायर ड्रेस, फायर हेल्मेट भण्डारण गरी राखौं।

९.अग्नि नियन्त्रणका तालिमहरु प्राप्त गर्न स्थानीय निकायसंग पहल गरौं।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here