Saturday, July 20, 2024
24.1 C
Kathmandu

भूकम्प प्रतिरोधी भवन निर्माणमा ध्यान दिनुपर्ने कुराहरु

क्रियटिभ खबर, ११ माघ २०७८, काठमाडौं । भूकम्प प्रतिरोधी भवन भनेको ठूला भूकम्पहरुबाट क्षतिग्रस्त भएपनि ग्वार्लामै ढल्न नपाउने गरी निर्माण गरिएका सरल र किफायती घरहरु हुन् । यसले कम्तीमा मानविय क्षति हुनबाट जोगाउछ र अन्य चल अचल सम्पत्तीको पनि कमै नोक्सानी गर्छ । सानातिना र मध्यम खालको भूकम्पको धक्कापछी ती भवनहरुमा क्षति पुगेको भागको कम समयमै मर्मत वा प्रवलीकरण गरी पुरै भवनलाई भूकम्प सुदृणीकरण गरी बस्न मिल्ने बनाउन सकिन्छ भने ठूला भूकम्पहरुले हल्लाई सकेपछि त्यसता भवनहरु पुनः प्रयोगमा नआउन पनि सक्छन्। भूकम्प प्रतिरोधी भवन पिलरवाला नै हुनुपर्छ भन्ने छैन, पिलर विनाको गारोवाला भवनलाई पनि सुरक्षित र भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । 

भूकम्प प्रतिरोधी गारोवाला भवनहरु निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु
१. जग तथा जग बन्धन निर्माण,
२. टाइ विम निर्माण, 
३. टि–बन्धन निर्माण, 
४. कुना बन्धन निर्माण,
५. सिल लिण्टल ब्याण्ड निर्माण,
६. ठाडो डण्डी राख्ने तरिका।

भूकम्प प्रतिरोधी पिलरवाला भवनहरु निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु
१. जग निर्माण,
२. पिलरमा डण्डी गाँस्ने तरिका,
३. विममा डण्डी गास्ने तरिका,
४. विम र पिलरको जोर्नीमा डण्डी राख्ने तरीका,
५. सिल र लिण्टल व्याण्डहरुको निर्माण,
६. कौसी पर्खाल बन्धनको (Parapet Band) निर्माण,
७. भर्‍याङ बनाउदा ध्यान दिनुपर्ने कुराहरु ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here