Saturday, July 20, 2024
24.1 C
Kathmandu

झटपट झोलामा के-के सामान राख्ने?

क्रियटिभ खबर, १२ माघ २०७८, काठमाडौं । झटपट झोला भनेको आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामग्रीहरु भएको झोला हो । यो झोला भूकम्प लगायत अन्य विपद्का बेला अति उपयोगी सावित हुन सक्छ । यो झोलामा प्राथमिक उपचार बक्स र अत्यावश्यक औषधीहरु, पानी र पानी शुद्धिकरण गर्ने औषधी, लामो समयसम्म नबिग्रने खानेकुरा, व्यक्तिगत सरसफाइका सामान, रेडियो, सियो, धागो, कपडा, टर्च, डोरी, सिठ्ठि, लाइटर, पैसा र अत्यावश्यक कागजातहरु राखेर आपत्कालीन अवस्थामा सजिलै र सहजै भेटीने स्थानमा राख्नुपर्छ । झोलामा राखिएका सामाग्रीहरू बिग्रिएका छन् की छैनन् भनी बेला बेलामा हेर्ने र बिग्रिएका सामग्री निकालेर नयाँ सामग्रीहरु राख्ने गर्नुपर्छ । झटपट झोला रखेको स्थानका बारेमा घरका सबै सदस्यलाइ जानकारी दिनुपर्छ । यसर्थ, अपत्कालीन अवस्थामा घरमा भएका सदस्यले सो झटपट झोला बोकेर बहिर निस्कन सक्छन्।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here