Saturday, July 20, 2024
27.1 C
Kathmandu

बढ्दो सडक दुर्घटनाका कारण र समाधानका उपायहरु

क्रियटिभ खबर, १४ माघ २०७८, काठमाडौं ।                                                                           

सडक दुर्घटनाका कारणहरु ः
१. सवारी प्रयोगकर्ता, यात्रु र सवारी चालकमा ट्राफिक नियमको ज्ञानको अभाव ।
२. तिब्र गतिमा सवारी साधन चलाउने ।
३. सवारी साधनको मर्मत सम्भार विना प्रयोग ।
४. चालकको लापरवाही ।
५. सडकको दुरावस्था ।
६. कमजोर ट्राफिक नियम र फितलो अनुगमन ।
७. जथाभावि बाटो काट्ने।
८. अव्यवस्थित पार्किङ प्रणाली ।
९. ट्राफिक संकेतको अभाव ।
१०. सडकका पेटीहरूको अतिक्रमण ।
११. क्षमता भन्दा बढी यात्रुहरू बोक्ने प्रवृति ।

सडक दुर्घटनाबाट बच्न अपनाउनुपर्ने उपायहरु ः
१. जेब्रा क्रस तथा आकाशे पुलबाट बाटो काट्ने ।
२. सडक दुर्घटनाको जोखिमपूर्ण स्थानहरुमा गति कम गर्न गति रोधकको व्यवस्था मिलाउने ।
३. बाटोमा हिड्दा सडक पेटी तथा आफ्नो साइड अर्थात देब्रे साइडबाट मात्र हिड्ने ।
४. सडकमा भएका खाल्डाखुल्डी पुर्ने तथा बाटोको स्तरीकरण गर्ने ।
५. बढी चाप हुने स्थानमा ट्राफिक लाइटको व्यवस्था मिलाउने ।
६. सवारी साधनहरुमा सवारी क्षमता अनुसार मात्र यात्रुहरुलाई चढाउन अनुमति दिने ।
७. जोखिमपुर्ण स्थानमा खतराको चिन्हको सोलर बोर्ड (रातीमा पनि देखीने) राख्ने ।
८. दुर्घटना संभावित मोडहरुमा ऐनाको व्यवस्था मिलाउने ।
९. सवारी चालककाे मा.प.से चेक जाच नियिमत रूपमा गर्ने ।
१०. सडकमा छोडुवा वन्यजन्तुहरुको रोकथाम गर्ने ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here