Monday, April 15, 2024
16.1 C
Kathmandu

विद्यालयमा विपद् व्यवस्थापनका लागि के–के कार्य गर्ने ?

क्रियटिभ खबर, १६ माघ २०७८, काठमाडौं । विद्यालय धेरै बालबालिकाहरु एकैस्थानमा जमघट हुने ठाउँ हो । स–साना बालबालिकाहरु पनि अध्ययन गर्ने हुदां कुनै आपत् विपद् आए उनीहरुलाई आफैले प्रतिकार्य गर्न गाह्रो हुन्छ र अरुको सहयोगको आवश्यकता पर्दछ । विद्यालय सुरक्षित भयो भने विद्यार्थी पनि सुरक्षित हुन्छन् । त्यसैले, विद्यालयका भवन संरचना भूकम्प लगायतका विपद् प्रतिरोधी निर्माण गर्न आवश्यक हुुन्छ । विद्यार्थीलाई विपद् सम्बन्धी जानकारी, विपद् पूर्वतयारी र विपद् प्रतिकार्य तालिमहरु प्रदान गरियो भने उनीहरुले समुदायमा विपद् सम्बन्धी जानकारी फैलाउने र आपत्कालीन अवस्थामा आफू सुरक्षित भइ अरुको उद्धार गर्न पनि सक्षम हुन्छन् ।

विद्यालयमा विपद् व्यवस्थापनका लागि गर्नुपर्ने महत्वपूर्ण कार्यहरु ः

१. नयाँ निर्माण हुने विद्यालयका भवनहरु भूकम्प प्रतिरोधी निर्माण गरी, कक्षाकोठामा दुईवटा ढोका र आपत्कालीन भर्‍याङको व्यवस्था मिलाउने ।

२. विपद् सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दा अपाङ्गता भएका विद्यार्थीहरुले पनि बुझ्ने गरी प्रवाह गर्ने ।

३. विद्यालय वरपरको वातावरण, जोखिमको अवस्था, सम्भावित विपद्ले असर पार्ने स्थानहरु, असुरक्षित संरचना आदिको बारेमा छलफल गरी आपत्कालीन स्थानानतरण योजना बनाएर विपद्का बेला प्रयोग गर्न सकिने सुरक्षित स्थान र जोगिनु पर्ने असुरक्षित स्थानको बारेमा विद्यार्थीलाई जानकारी दिने ।

४. विद्यालयमा विपद् व्यवस्थापन समिति, प्राथमिक उपचार, खोज तथा उद्धार, अग्नि नियन्त्रण कार्यदलहरु गठन गरी समय–समयमा सम्बन्धित तालिमहरु प्रदान गर्ने ।

५. विद्यालयमा विपद् पहिले, विपद्का समयमा र विपद् पश्चातका क्रियाकलापहरुको बारेमा जानकारी दिई विद्यार्थी, शिक्षक, विद्यालय विपद् व्यवस्थापन समितिको नेतृत्व तथा सीपको विकास गर्ने ।

६. प्राथमिक उपचार बक्स (First Aid Box), अग्नि समनयन्त्र (Fire Extinguisher), स्ट्रेचर, त्रिपाल, डोरी, सिठ्ठि, भर्‍याङ, तथा अन्य खोज तथा उद्धार सामग्रीहरु भण्डारण गरेर राख्ने ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here