Monday, April 15, 2024
16.1 C
Kathmandu

शनिबार सम्म वर्षा र हिमपातको सम्भावना, आइतबार मौसम सफा

क्रियटिभ खबर, २१ माघ २०७८, काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले शनिबारसम्म देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ भने आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहने, शनिबार आंशिक देखि सामान्य वदली रहने, आइतबार आंशिक बदली रहने सम्भावना रहेको छ ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रही, देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना हुनुका साथै, गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार प्रदेश नं.–१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना र देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here