Monday, April 15, 2024
16.1 C
Kathmandu

हिमपात भइरहेको समयमा के गर्ने त ?

क्रियटिभ खबर, २३ माघ २०७८, काठमाडौं । हिमपातका कारण चिसो बढ्ने र कठ्यांग्रीएर मृत्यु हुने, सडकबाट सवारी साधन चिप्लिएर दुर्घटना हुने, बाक्लो हिउका कारणले सवारी साधन अवरुद्ध हुने गर्दछन् । त्यसैले हिमपातका समयमा सावधानी अपनाउनु आवश्यक छ ।

  • सकेसम्म घरबाट बाहिर ननिस्कौं ।
  • आपत्कालीन जानकारीका लागि स्थानीय समाचार रेडियो तथा टेलिभिजनमा सुन्ने र हेर्ने गरौं ।
  • घरबाट बाहिर निस्कनु परेमा टोपी, स्कार्फ, हावा नछिर्ने कोट वा ज्याकेट, पन्जा, मोजा र पानी नछीर्ने जुत्ता लगाऔं ।
  • घर पालुवा जनावरहरुलाई घरमै पर्याप्त, न्यानो आश्रय र तातो खोले खुवाऔं ।
  • बालबालिका तथा ज्येष्ठ नागरिकलाई हिमपातका कारण हुने चिसोबाट जोगाउन तातो–तातो झोलीलो खानेकुरा खुवाऔं ।
  • कोठामा हिटर बाल्दा झ्याल अथवा भेन्टिलेसन खोलौ ।
  • हिमपातका कारण कपडा भिजेमा तुरुन्त कपडा फेरौ ।
  • हिमपातका समयमा सवारी साधन चलाउनुपर्ने भएमा आपत्कालीन किटहरु ः दुई डोरी, टायर चेन, सावेल, बालुवा, आइस स्क्र्यापर, प्राथमिक उपचार बक्स, फ्ल्यासलाइट, नबिग्रने खानेकुरा, पानी, व्याट्री, पावर बैंक, कपडा, सरसफाइ सामग्री भण्डारण गरेर हिडौं ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here