Monday, April 15, 2024
16.1 C
Kathmandu

न्यानो लुगा नभएमा स्थानीय सरकारलाई भन्नुहोस्

क्रियटिभ खबर, २७ माघ २०७८, काठमाडौं । जाडो मौसममा सर्वप्रथम त न्यानो लुगाको आवश्यकता पर्दछ । कतिपय समुदायहरुमा न्यानो लुगा, ओड्ने, ओछ्याउने कपडाको अभाव हुन सक्छ । प्रत्येक वडाका वडा अध्यक्ष, जनप्रतिनिधिहरुलाई पक्कै पनि आफ्नो समुदायमा कुन घर अथवा परिवारको स्थिती नाजुक छ भन्ने बारे जानकारी हुन्छ । सो बारे न्यूनतम जानकारीहरु स्थानीय विपद् व्यवस्थापन समितिमा पुर्‍याउनुपर्छ । यसबारे कार्य गर्ने पहिलो दायित्व नै स्थानीय विपद् व्यवस्थापन समितिको हो । स्थानीय विपद् व्यवस्थापन समितिले पीडितको अवस्थाको बारेमा मुल्यांकन गरी पीडित हुनुभन्दा अगाडी नै रोकथामका निम्ति लगाउने लुगा, ओड्ने, ओछ्याउने कम्बल प्रदान गर्नुपर्छ ।

यदी स्थानीय तहमा स्रोत साधन उपलब्ध नभएमा तथ्यांक संकलन गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्नुपर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले पनि संघिय सरकार अथवा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, प्रदेश विपद् व्यवस्थापन समिति र प्रदेश सरकारसंग समन्वय गरी पीडितहरुलाई सहयोग गर्नका निम्ति संयोजन गर्छ । यसरी, स्थानीय तहका पीडित समुदायहरुले आफ्नो वडाकाे स्थानीय विपद् व्यवस्थापन समितिलाई नै सो बारे अनुरोध गर्नुपर्छ ।

कहाँ/को संग सहयोग माग्ने ?

स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि अथवा वडा अध्यक्षलाई आग्रह गर्ने ।

कहिले सहयाेग माग्ने ?

जाडाेयाम सुरु हुनु भन्दा पहिले अथवा जाडोयाममा ।


धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here