Monday, April 15, 2024
16.1 C
Kathmandu

पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना संक्रमण, २ हजार २१५ जना संक्रमणमुक्त

क्रियटिभ खबर, २८ माघ २०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । साथै, १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर २० हजार ९८९ नमुना परीक्षण गरिएको थियो । १७ हजार ४४७ जनाको पीसीआर परीक्षण गर्दा ६६६ जना र ३ हजार ५४२ जनाको एन्टीजेन परीक्षण गर्दा ४६२ गरी जम्मा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजार ४४१ जना संक्रिय संक्रमित छन् । २४ घण्टामा १ लाख ४५ हजार २६५ जनाले खोप लगाएका छन् ।
                                            स्रोत (तस्बिर) ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (HEOC)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here