Monday, April 15, 2024
16.1 C
Kathmandu

विद्युतीय दुर्घटनाका कारण र बच्ने उपायहरु

क्रियटिभ खबर, ०४ फाल्गुण २०७८, काठमाडौं । 

विद्युतीय दुर्घटनाका कारणहरु ः
१. पुराना वायरिङमा प्रयोग भएका सुचालक तथा सुरक्षार्थ राखिएका कुचालकहरूको गुणस्तर घट्दै गएर तिनको करेन्ट वहन वा ताप सहन गर्ने क्षमतामा ह्रास हुनु ।
२. धेरैवटा विद्युतीय उपकरणहरूलाई सजिलोका लागि एकै स्थानबाट विद्युतीय एक्स्टेन्सन वा मल्टीप्लगको सहायताले जोड्दा तिनीहरूको धान्न सक्ने अधिकतम करेन्टको क्षमता भन्दा अधिक भारका कारण मल्टिप्लगहरू अधिक तात्नु ।
३. अन्तर्राष्ट्रिय मापदण्डले करेन्टको मात्राअनुसार विभिन्न सुचालक (तामा वा एल्युमिनियम) का तारको मोटाइ निर्धारण गरेकोमा कम मोटाइका तार वा मापदण्ड नपुगेका उपकरणहरूको प्रयोग हुनु।
४. सामग्रीहरुको कमजोर मर्मत सम्भार ।
५. विद्युतीय उपकरणहरुको निरिक्षण विना प्रयोग ।
६. नाङ्गो तार वा टुपिन वा थ्रिपिन, प्लग, स्विच जीर्ण अवस्थामा हुनु ।
७. पोर्टेबल पावर उपकरणहरुको अनुचित प्रयोग ।
८. केबल र कर्डहरुको अनुचित जडान ।
९. पुराना तथा लामो समयसम्म प्रयोग नगरी राखिएका उपकरणहरू प्रयोग ।

बच्ने उपायहरु ः
१. सुरक्षा उपकरणको प्रयोग ।
२. दक्ष जनशक्तीको मात्र प्रयोग ।
३. अधिक करेन्ट प्रवाहका कारण हुन सक्ने दुर्घटना कम गर्न एमसीबी, एमसीसीबी जस्ता ओसीपीडी (ओभर करेन्ट प्रोटेक्टिभ डिभाइस) हरू अनिवार्य जडान गर्ने ।
४. गुणस्तरिय विद्युतीय सामाग्रीको प्रयोग ।
५. सर्भिस तारमा कपडा सुकाउने कार्य नगरौं ।
६. विद्युुतीय उपकरणहरु चालु अवस्थामा छोडी अन्य कार्यहरुमा व्यस्त नहोऔं ।
७. घरको वाइरिङ्ग गर्दा गुणस्तरीय वाइरिङ्ग तारको प्रयोग गरौं ।
८. सामाग्रीहरूको गुणस्तर र क्षमता राम्ररी बुझेर मात्र प्रयोग गरौं ।
९. नाङ्गो खुट्टा र चिसो हातले विद्युुतीय उपकरणहरु नछोऔं ।
१०. विद्युतीय पोल आदी संरचना नछोऔं ।
११. मोवाइल फोन चार्ज गरी रातभरी नछोडौं ।
१२. बिजुलीका तारहरूलाई सुरक्षित रूपमा भूमिगत बनाउने ।

स्रोत :bbc.com/nepali/news

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here