Monday, April 15, 2024
16.1 C
Kathmandu

चट्याङ्ग परेका बेला घर भित्र र घर बाहिर कसरी सुरक्षित रहने ?

क्रियटिभ खबर, ०८ फाल्गुण २०७८, काठमाडौं । 

घर भित्र हुदा के गर्ने र के नगर्ने :
१. टेलिभिजन, कम्प्युटर, मोबाइल जस्ता विद्युतीय उपकरणहरु प्लगमा जोडेको भए प्लगबाट निकाल्ने।
२. तारबाला फोन नछुने र अत्यावश्यक नपरेसम्म मोबाइल फोनको पनि प्रयोग नगर्ने।
३. विद्युतीय तरङ्ग टिप्न सक्ने चिसो वा फलामका वस्तु नछुने।
४. झयाल वा भित्तामा आडेस लागेर नबस्ने।
५. झ्याल, बरन्डाको ग्रिल र बारमा नछुने।
६. पानीका स्रोतमा सिधै नुहाउने, धुने काम नगर्ने।

घर बाहिर हुदा के गर्ने र के नगर्ने :
१. घरकाे बाहिर भएमा सकेसम्म घर भित्र जाने।
२. बाहिर खुला स्थानमा भए नजिकैको भवन तिर जाने।
३. बिजुलीको पोल मुनी नबस्ने, छाता नओड्ने।
४. रुख मुनी ओत नलाग्ने।
५. सवारी साधनमा भए भित्रै बस्ने, बाहिर ननिस्कने।
६. विद्युतीय तरङ्ग टिप्न सक्ने चिसो वा फलामका वस्तु नछुने।
७. खेतबारीमा काम नगर्ने।
८. पौडी नखेल्ने र डुंगा नचलाउने।
९. ओत लाग्ने ठाउँ नभएमा दुबै हात टाउको माथि राखी निहुरिएर टाउकोलाई घोडाको बिचमा राख्ने तर भुइमा थ्याच्च नबस्ने र भुइमै लम्पसार परेर पनि नबस्ने।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here