Monday, April 15, 2024
16.1 C
Kathmandu

एल.पि.जी ग्यासकाे प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु र यसमा आगलागी भएमा आगो निभाउने विधिहरु

क्रियटिभ खबर, ११ फाल्गुण २०७८, काठमाडौं ।

एल.पि.जी ग्यासकाे प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु :
१. ग्यास सिलिण्डर खरिद गर्दा मिति भएको सिलिण्डर खरिद गर्ने ।
२. ग्यासको प्रयोग गरिसकेपछि अनिवार्य रुपमा रेगुलेटर बन्द गरौ ।
३. सिलिण्डरलाई ग्यास चुलोको एकदमै नजिक नराखौ ।
४. ग्यास लिक भएको गन्धले थाहा पाउन सकिन्छ, बेला बेलामा चेक गरौ ।
५. भान्सामा काम गर्दा आगोले टिप्ने किसिमका कपडाहरु नलगाऔ सकेसम्म सुतिको कपडा र सुतीको एप्रोनको मात्र प्रयोग गरौ ।
६. ग्यास सप्लाई हुने पाइप र रेगुलेटर समय–समयमा मर्मत गरौ ।
७. सधै उच्च गुणस्तर प्रमाणित रबर ट्युव, रेगुलेटर एवं अन्य उपकरण प्रयोग गरौ । यसका लागि ISI अथवा NS गुणस्तर चिन्ह भए नभएको यकिन गरेर मात्र खरिद गरौ ।
८. उपकरण बिग्रिएमा आफै कहिल्यै नबनाऔ र नचलाऔ । यसका लागि तुरुन्त कम्पनीमा सम्पर्क गरौ ।

एल.पी.जी ग्यासमा लागेको आगो निभाउने विधिहरु :
१.रेगुलेटरबाट ग्यास निस्कने ठाउँमा औलाले छोपेर निभाउने विधि : सिलिण्डरको रेगुलेटरबाट पाइप छुटेर आगलागी भएमा नआत्तिकन औँलाले थिचेर आगो निभाउनुहोस्। रेगुलेटरको चिसो ग्यास बाहिर निस्कँदा आगो र रेगुलेटरबीच १ इन्च ग्याप हुन्छ । त्यो ग्याप औँलाले छेक्नुहोस्। यसो गर्दा आगोले पोल्दैन।
२.कपडाले पिटेर बुझाउने विधि : सिलिन्डरबाट पाइप निस्केर आगो निस्केको हो भने यसलाई ठूलो पर्दा, तन्ना, कार्पेट वा ब्लांकेटले पिटेर निभाउन सकिन्छ ।
३.ग्यासको पाइप भाचेर खुम्च्याएर निभाउने विधि : चुल्हो पट्टिबाट पाइप छुटेर आगो लागेको भए औँलाले पाइप भाँचेर आगो नियन्त्रण गर्न सकिन्छ ।
४.पाइपको मुुखमा औलाले छोपेर निभाउने विधि : पाइपमा आगो लागेमा पाइपको मुखमा औलाले छोपेर पनि आगो निभाउन सकिन्छ । यसो गर्दा आगोले पोल्दैन ।
५.बाल्टीनले छोपेर निभाउने विधि : रेगुलेटरबाट पाइप छुटेर आगलागी हुदा बाल्टिनले झ्याप्प छोपेर आगो निभाउन सकिन्छ ।
६.चिसो कपडाले छोपेर निभाउने विधि : सिलिण्डरमा आगो लागेमा पर्दा, कार्पेट, तन्ना वा कपडाले छोपेर आगो नियन्त्रण गर्न सकिन्छ ।
७. अग्नी समनयन्त्रको प्रयोग गरेर आगो निभाउने विधि : अग्नि समनयन्त्र  (Fire Extinguisher) भएको अवस्थामा PASS विधिबाट P – Pull the Pin, A – Aim to the base of Fire, S – Squeeze the Lever, S – Sweep Side By Side अर्थात नेपालीमा पिताथिब पि–पिनलाई, ता–तान्नुस्, थि–थिच्नुस्, –बर्ढानुस् गरेर आगो निभाउन सकिन्छ ।
८. ग्यासको आगो निभाउने क्रममा पानीको सदुपयोग नगरौ : पानीको प्रयोग गर्नै परे बाल्टिनमा पानी राखेर आगो लागेको पाइपलाई बाल्टीमा डुबाएर पनि आगो निभाउन सकिन्छ ।

यी जुन सुकै विधिको प्रयोग गरेर आगो निभाइसकेपछी तुरुन्त सिलिण्डरको रेगुलेटर बन्द गर्न पनि नबिर्सौ ।
                      विधिहरुको स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here