Monday, April 15, 2024
16.1 C
Kathmandu

हावाहुरीको पूर्वतयारीका लागि के गर्ने त ?

क्रियटिभ खबर, १६ फाल्गुण २०७८, काठमाण्डौं । हावाहुरीको मौसम सुरु हुन लाग्यो । त्यसैले, हावाहुरीले पुर्याउने असर तथा क्षति कम गर्नका लागि पूर्वतयारी गरौ ।

 हावाहुरी पूर्वतयारीका क्रियाकलापहरु :

१. घर तथा संरचना बलियो बनाऔं ।
२. बिजुलीका पोलहरु बलियो गरी गाड्ने तथा उचित व्यवस्थापन गरौं ।
३. तारहरु बलियो गरी बाधौं अथवा अन्डर ग्राउण्ड गरौ ।
४. छानालाई ग्याबियन तारले राम्ररी कसेर बाँधौं ।
५. टिनको छानालाई किल्ला कब्जा तथा जे–हुक (J-hook) ले कसौं ।
६. घर नजिकका अग्ला, कमजोर र पुराना रुखहरु काटछाट गरौ ।
७. छतमा गमला बाँधेर मात्रै राखौं ।
८. आफ्नो घरमा एउटा आपत्कालीन अवस्थाका लागि आश्रय कोठाको पहिचान गरौं ।

स्रोत(तस्बिर) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here