Monday, April 15, 2024
16.1 C
Kathmandu

सर्पदंशबाट बच्न र सर्पले टोकेमा के गर्ने त ?

क्रियटिभ खबर, १९ फाल्गुण २०७८, काठमाण्डौं। गर्मी मौसम सुरु हुन लाग्यो। गर्मी र वर्षाको मौसममा सर्पदंशको जोखिम बढी हुने गर्दछ। सर्पले टोक्दा अपनाइने परम्परागत धारणा र विश्वासका कारण समयमै उपचार नपाएर धेरैले ज्यान गुमाउने गरेको कुरा त हामीलाई थाह नै छ। त्यस्ता भ्रमहरुको अन्त्य गर्न, सर्पदंशबाट बच्न र सर्पले टोकेमा के गर्ने भन्ने बारेमा सबैलाई जानकारी हुनु आवश्यक हुन्छ। यसका साथै, आफ्नो नजिकको सर्पदंशको उपचार केन्द्र र अस्पतालकाे बारेमा पनि चासाे राख्नुपर्छ।

सर्पदंशबाट बच्न के गर्ने :
• गर्मी लाग्ने बितिकै घर अगाडिका झाडी, बोटबिरुवाहरु काटेर सफा गर्ने।
• घर, भित्तामा भएका प्वाल टाल्ने र मुसा छिर्ने दुलोहरु पुर्ने।
• जाली ढोकाहरु बन्द गर्ने।
• खेतबारीमा काम गर्दा पूरा बाहुलाको कपडा र खुट्टामा छालाको बुट लगाउने।
• रातिमा हिडंडुल गर्दा लाइट बालेर हिड्ने।
• बाहिर सुत्नु परेमा झुल लगाउने।

सर्पले टोकेमा के गर्ने :
• सर्पले टोकेको व्यक्ति आतिन सक्छन् सान्त्वना दिने गरौं।
• सर्पले टोकेको व्यक्तिलाइ केही पनि खान र सुत्न नदिऔं।
• शरीरमा भएको घडी, चुरा, औंठी, पाइजु, पेटी खोली दिऔं।
• सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतह भन्दा तल पार्न लगाऔं।
• सर्पले (टोकेको भागलाई डोरी वा ट्युवले अत्याधिक कसेर नबाधौ) टोकेको ठाउँ छोप्न सफा, सुख्खा पट्टीले बलियो गरी बेर्ने र सो पट्टी नहल्लीयोस भनेर अर्को पट्टीले कस्ने गरौं।
• सर्पले टोकेको भागलाई हलचल गराउन र हिड्न नदिऔं।
• धामी, झांक्रीको खोजीमा समय बर्बाद नगरौं, तुरुन्त अस्पताल वा सर्पदंशको उपचार केन्द्रमा लैजाऔं।
• सवारी साधनमा लैजादा घाइतेलाई बसालेर लैजाऔं।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here