Monday, April 15, 2024
16.1 C
Kathmandu

हुरीवतासका समयमा सावधानी अपनाऔं ।

क्रियटिभ खबर, ०२ चैत्र २०७८, काठमाण्डौं। हुरीवतासकाे समय सुरू हुन लाग्याे । हुरीवतासका समयमा के गर्ने, के नगर्ने भन्ने कुराको ज्ञान हुनु आवश्यक हुन्छ ।

हुरीवतासका समयमा ध्यान दिनुपर्ने कुराहरु :

१. हुरीवतास चल्न थाले झ्याल–ढोका थुनौं ।

२. विद्युतीय स्रोत साधनहरु प्लगबाट निकालौ र सकेसम्म मेन स्वीच बन्द गरौं ।

३. हुरीवतास चलेका बेला आगोको प्रयोग नगरौं ।

४. आफ्नो घरमा पहिचान गरिएको आश्रय कोठामा जाऔं ।

५. घर बाहिर भएमा नजिकैको भवन भित्र जाने प्रयास गरौं ।

६. बिजुलीको पोल र रुख नजिक नबसौं ।

७. मोटरसाइकल, सवारी साधन चलाइरहेको बेला हुरीवतास चले रोकेर सुरक्षित स्थानमा बसौं ।

८. भीडभाडमा भएको बेला हुरीवतास चले भागदौड नगरौं, बिस्तारै सुरक्षित स्थानमा लागौं ।

९. कतै कुनै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुबै हातले टाउको छोपी घोप्टो परौ ।
                                                                                                                    स्रोत(तस्बिर) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here